लन्डन । यूकेमा नेपालीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको रसमुरमा रसमुर नेपलिज कम्युनिटीको आयोजनामा १० के रन सम्पन्न भएको छ ।
अक्टोबर ९ तारिखका दिन भएको सो दौड अल्डरसटस्थित क्वीन्स एभेन्यू आर्मी फिल्डबाट शुरु भर्ई ग्यारिजन आर्मी स्पोर्टस् स्टेडियममा अन्त्य भएको थियो ।
‘स्वस्थ्य रहौँ, मनोरञ्जनका लागि दौडौँ’ भन्ने नाराका साथ कम्युनिटीले गत वर्षदेखि सो दौड शुरु गरेको हो ।
सो दौड सञ्चालन गर्न रसमुर बोरो काउन्सिल, ब्ल्याक वाटर्स भ्याली रनर्स र नयाँ युवाले सहयोग गरेको छ ।
सो दौडमा सहभागी हुन रसमुरका मात्र नभई अन्य क्षेत्रबाट पनि नेपालीहरु आएका थिए ।
करिब एक हजार सहभागी उक्त दौडमा ९ देखि ७९ वर्ष सम्मकाले भाग लिएका थिए । सो दौडमा म्याथ्यु किंग पहिलो भए भने गत वर्षका विजेता स्कट केनेडी दोस्रो र जेम्स क्वीनलान तेस्रो भए । नेपालीहरुतर्फ सन्तोष राई पहिलो भए । दौडमा स्थानीय मगर संघ, किरात राई यायोख्या र तमुधिँका शाखाहरुले उल्लेख्य सहयोग गरेका थिए । यस्तै स्थानीय क्वीन्स गोर्खा लजिस्टिक रेजिमेण्टको पनि सहयोग थियो ।
दौडमा सहभागी सबैलाई मेडल र टिसर्ट प्रदान गरिएको थियो । कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापाले स्वस्थ्य रहने बानी बसाल्ने, स्थानीयवासीसित सहकार्य गर्ने र दौडको प्रवेश शुल्कबाट संकलित रकम स्थानीय अपांगहरुका लागि दान गरिने बताए ।
सो दौडको संयोजन मेजर खिमप्रसाद गौचन र सहसंयोजकहरुमा जीव बेल्बासे र वीर बलाल थिए । दौड सफल पार्न महासचिव रन्जिता मल्ल, रिटायर्ड क्याप्टेन बीरबहादुर थापा, रिटायर्ड क्याप्टेन विष्णु श्रेष्ठ, रिटायर्ड क्याप्टेन केशर रानाले मद्दत गरेका थिए ।
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
तमु प्ये ल्हु सङ्घ युकेको नेतृत्वमा ५५ सदस्यीय टोली आइतबारदेखि क्व्होलोसोथारको भ्रमणमा
को हुन् बेलायतमा रहेकी अनिता राना मगर ?
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला