लन्डन । दुवै मिर्गौला फेल भएकी गुल्मी हाडहाडेकी सीता कला थापामगरको उपचारका लागि गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापाको पहलमा सवा ३ लाख रुपियाँ सहयोग गरिएको छ ।
बेलायतमा गुल्मी जिल्ला समाज यूके तथा मगर संघ यूकेका सदस्यहरुसित सहयोग संकलन गरी जम्मा गरिएको ३ लाख २६ हजार ६८७ रुपियाँ ९० पैसा काठमाडौँस्थित बीएफबीएस रेडियो स्टेशनमा गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष टोप पल्लीमगरले थापाका श्रीमान सन्तोष पुनलाई हस्तान्तरण गरे ।
बीएफबीएसका स्टेशन म्यानेजर विनोदध्वज खड्का सो अवसरमा उपस्थित थिए । उपाध्यक्ष पल्लीले बेलायतबासी शुभचिन्तकहरुका तर्फबाट थापाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
सहयोग ग्रहण गर्दै थापाका श्रीमान पुनले विवाह गरेको छ महिना नपुग्दै श्रीमतीको दुवै मिर्गौला फेल भई उपचारका लागि छटपटाइरहेको अवस्थामा बेलायतबाट ओमप्रसाद थापाले पहल गरी सहयोग गरिदिएकामा धन्यवाद दिएका थिए । यसैगरी, गुल्मीकै गायिका रुपा घर्तीमगरले विश्वभरका शुभचिन्तकहरुसित उपचारका लागि आह्वान गरिदिएकोमा उनले आभार व्यक्त गरे ।
उनले गुल्मी जिल्ला समाजका अध्यक्ष राम गलामी लगायत सबै दाताहरुलाई धन्यवाद दिए । सीताको मिर्गौला प्रत्यापरोपण सफल भएकाले छिट्टै सञ्चो हुने आशा गलामीको छ ।
सहयोगका पहलकर्ता थापा रसमुर नेपाली कम्युनिटीका अध्यक्षका साथै प्रथम नौमती बाजा गुल्मीका पनि प्रमुख संयोजक रहेका छन् ।
यसैगरी, हङकङबाट कृष्ण श्रीश, कोरियाबाट टोपबहादुर थापामगर, बेल्जियमबाट बलराम पुन, अमेरिकाबाट श्रीराम थापा, जापान र कतारबाट गुल्मेलीहरुले पनि सीताको उपचारमा सहयोग गरेका छन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]