
लन्डन । राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा बुधबार राती लन्डन आइपुगेका छन् । राती करिब १०.४५ बजे हिथ्रो विमानस्थल उत्रिएका थापा निजी भ्रमणमा लन्डन आएका हुन् ।
थापालाई स्वागत गर्न राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरन, राप्रपा नेपालका केन्द्रिय सदस्य माननीय रेशम लामा, राप्रपा नेपाल निकट प्रवासी नेपाली एकता समाज यूकेका संस्थापक अध्यक्ष रोशन सापकोटा र अन्य कार्यकर्ता विमानस्थल पुगेका थिए ।
निजी भ्रमण भएपनि थापाले केही राजनीतिक भेट गर्ने अपेक्षा छ । थापासंग प्रवासी नेपाली एकता समाज यूकेले आगामी २९ अक्टोबर शनिबार लन्डनमा वृहत अन्तरक्रिया गर्ने भएको छ । उक्त कार्यक्रमको स्थान भने तय भइसकेको छैन् ।
थापाका छोरी ज्वाईं लन्डनमा छन् । उनी लन्डनबाट भेट्रानतर्फ टेनिस प्रतियोगितामा भाग लिन पोर्चुगल जाने जनाइएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]