
लन्डन । राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा बुधबार राती लन्डन आइपुगेका छन् । राती करिब १०.४५ बजे हिथ्रो विमानस्थल उत्रिएका थापा निजी भ्रमणमा लन्डन आएका हुन् ।
थापालाई स्वागत गर्न राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरन, राप्रपा नेपालका केन्द्रिय सदस्य माननीय रेशम लामा, राप्रपा नेपाल निकट प्रवासी नेपाली एकता समाज यूकेका संस्थापक अध्यक्ष रोशन सापकोटा र अन्य कार्यकर्ता विमानस्थल पुगेका थिए ।
निजी भ्रमण भएपनि थापाले केही राजनीतिक भेट गर्ने अपेक्षा छ । थापासंग प्रवासी नेपाली एकता समाज यूकेले आगामी २९ अक्टोबर शनिबार लन्डनमा वृहत अन्तरक्रिया गर्ने भएको छ । उक्त कार्यक्रमको स्थान भने तय भइसकेको छैन् ।
थापाका छोरी ज्वाईं लन्डनमा छन् । उनी लन्डनबाट भेट्रानतर्फ टेनिस प्रतियोगितामा भाग लिन पोर्चुगल जाने जनाइएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ