नवयुवालाई क्वीन्स भोलुन्ट्री अवार्ड

nayayuwa

तस्वीर मिलन तमु

लण्डन । रसमुर क्षेत्रमा बसोबासरत नेपाली युवाहरुलाई बेलायतको मूलप्रवाहमा समायोजन गर्न मद्दत गर्ने उद्देश्यले स्थापित स्वयंसेवी संस्था नवयुवाले प्रतिष्ठित अवार्ड हात पारेको छ ।
आज आयोजित एक समारोहमा लर्ड लेफ्टिनेण्ट अफ ह्याम्पसायर नाइजल अटकिन्सले क्वीन्स भोलुन्ट्री अवार्ड नवयुवाकी अध्यक्ष निलम राईलाई हस्तान्तरण गरे ।
अवार्ड पाएपछि अध्यक्ष राईले भनिन्, ‘बितेको छ वर्षमा नवयुवा र यसमा आवद्ध युवाहरुले कडा मिहिनेत गरेका कारण नवयुवा अहिले यस स्थानमा आइपुगेको छ । समूहका सबै सदस्यहरु उनीहरुको निस्वार्थ सेवाका कारण अवार्डका लागि जिम्मेदार छन् ।’
अवार्ड वितरण समारोहमा करिब ४० जना उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री