सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: १२:०९ | UK Time: 07:24

चाल्टर्न समाजले दशैं तिहार कार्यक्रम गर्ने

वीनेपाली
२०७३ कार्तिक २ गते २०:१८

14796061_10154597885506197_1501104906_o
लन्डन । चाल्टर्न नेपाली समाज यूकेले दशैं तिहार २०७३ को अवसरमा विशेष शुभकामना कार्यक्रम गर्ने भएको छ ।

समाजले यही अक्टोबर २३ तारिख सांझ ६ बजेदेखि ग्रेस प्यारिस हल, चाल्टर्न रोडमा कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष टंक कंडेलले जानकारी दिए ।

शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति र देउसी भैली कार्यक्रमको प्रमुख आकर्षण हुने कंडेलले जनाए । देउसी भैलोको संयोजन कृष्ण गैरेले गर्दैछन् ।

कार्यक्रममा प्रवेशका लागि टिकेट दर १० पाउण्ड र वालवालिकाका लागि ५ पाउण्ड तोकिएको छ । कार्यक्रम सफल बनाउन उपाध्यक्ष कृष्ण खरेल, सचिव सुशील खरेल लगायत क्रियाशिल छन् । समाजले कार्यक्रममा सहभागी भइदिन सबैमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक