
नेपाली कथानक चलचित्र ‘रुद्र’को निर्माणबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा नायक तथा निर्माता निखिल उप्रेतीलगायत कलाकारहरु । तस्बिर ः रोशन सापकोटा, रासस
लन्डन । नायक निखिल उप्रेतीले आफ्नै निर्माणमा बनाउन लागेको नयां चलचित्र ‘रुद्र’ मा साराले अवसर पाएकी छन् । उनी लामो समय लन्डनमा थिइन् । साराले बेलायत छंदा अन्जु पन्त, शर्मिला बर्देवा, नवराज घले लगायतको म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् ।
‘रुद्र’ मा सारा प्रमुख भूमिकामा देखिनेछन् भने निखिल भिलेन अवतारमा देखिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
उक्त चलचित्र रामजी लामिछानेले निर्देशन गर्दैछन् । चलचित्रमा निखिल, सारा, विश्व शर्मा, रोयदीप श्रेष्ठ, जितेन लामा लगायतका कलाकारको अभिनय रहनेछ । सौरभ लामाको छायांकन रहने चलचित्रमा दिनेश सोनाम र निखिलको संगीत, हिमाल केसीको एक्सन, वनिश शाहको सम्पादन रहने निर्माण युनिटले जानकारी दिएको छ ।
चलचित्र जोमसोम, नारायणगढ, कोहलपुरी, कणार्ली लगायतका रमणिय स्थानमा खिचिनेछ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]