लन्डन । लन्डनमा बसोबास गर्ने राप्तीवासीहरुले यो वर्षको दशैं भेटघाट कार्यक्रम रद्द गरी स्वर्गीय विष्णुकुमारी बुढाथोकीको संझनामा शनिबार दीप प्रज्वलन गरी एउटा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् ।
रुकुमकोट, रुकुममा जन्मिएर युकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर एसिस्ट्याण्टको रुपमा कार्यरत विष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को यही बुधबार ३९ बर्षको अल्पायुमै निधन भएको थियो ।
गत ३० सेप्टेम्बर दिउसो अचानक हृदयाघात भएपछि उनलाई हेयरफिल्ड अस्पताल लगिएको थियो । अचेत अवस्थामा अस्पताल पुरयाइएकी बुढाथोकीलाई लाइफ सपोर्ट मेसिनमा राखेर डाक्टरहरुले २-३ पटक मुटुको शल्यक्रिया समेत गरेका थिए ।
उनकी छोरी प्रियाश्री र छोरा प्रितमप्रतापलाई नेपालबाट बोलाउन रुकुमकोटकै वीरप्रसाद घर्तीमगर र अन्य सहृदयी व्यक्तिहरुले सहयोग गरेका थिए । दशैं टिकाका दिन दुबै छोराछोरी नेपालबाट आइपुगे । तर, त्यसको एक दिनपछि १२ अक्टोबर बिहान उनको निधन भयो ।
राप्ती समाज युकेका अध्यक्ष हिक्मत सिं रोकामगरले श्रीमती बिष्णुकुमारी बुढाथोकीको असामयिक निधनप्रति दुख व्यक्त गर्दै उनको परिवारलाई सघाउन अपील गरेका छन् । उनको परिवारलाई सघाउन चाहनेहरुले माला घर्तीमगरलाई 07825789615 मा संपर्क गर्न समाजले अनुरोध गरेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश