लन्डन । लन्डनमा बसोबास गर्ने राप्तीवासीहरुले यो वर्षको दशैं भेटघाट कार्यक्रम रद्द गरी स्वर्गीय विष्णुकुमारी बुढाथोकीको संझनामा शनिबार दीप प्रज्वलन गरी एउटा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् ।
रुकुमकोट, रुकुममा जन्मिएर युकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर एसिस्ट्याण्टको रुपमा कार्यरत विष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को यही बुधबार ३९ बर्षको अल्पायुमै निधन भएको थियो ।
गत ३० सेप्टेम्बर दिउसो अचानक हृदयाघात भएपछि उनलाई हेयरफिल्ड अस्पताल लगिएको थियो । अचेत अवस्थामा अस्पताल पुरयाइएकी बुढाथोकीलाई लाइफ सपोर्ट मेसिनमा राखेर डाक्टरहरुले २-३ पटक मुटुको शल्यक्रिया समेत गरेका थिए ।
उनकी छोरी प्रियाश्री र छोरा प्रितमप्रतापलाई नेपालबाट बोलाउन रुकुमकोटकै वीरप्रसाद घर्तीमगर र अन्य सहृदयी व्यक्तिहरुले सहयोग गरेका थिए । दशैं टिकाका दिन दुबै छोराछोरी नेपालबाट आइपुगे । तर, त्यसको एक दिनपछि १२ अक्टोबर बिहान उनको निधन भयो ।
राप्ती समाज युकेका अध्यक्ष हिक्मत सिं रोकामगरले श्रीमती बिष्णुकुमारी बुढाथोकीको असामयिक निधनप्रति दुख व्यक्त गर्दै उनको परिवारलाई सघाउन अपील गरेका छन् । उनको परिवारलाई सघाउन चाहनेहरुले माला घर्तीमगरलाई 07825789615 मा संपर्क गर्न समाजले अनुरोध गरेको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन