लन्डन । नेपाली फिल्म इतिहासमै उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखेको ‘छक्का पञ्जा’ ले बेलायतका नेपाली दर्शकको समेत मन जितेको छ । लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा आइतबार गरिएको प्रदर्शन ‘हाउस फुल’ भयो । नेपलिज इन्टरटेन्मेन्ट यूकेले फिल्म प्रदर्शन गरेको हो । आयोजकमध्ये एक बीरेन खड्काले ग्रीनफोर्ड टाउन हलमा ५ सय भन्दा बढि दर्शकले ‘छक्का पञ्जा’ हेरेको जानकारी दिए । सयौं दर्शक टिकट ‘सोल्ड आउट’ भएर त्यसै फर्किन वाध्य भए ।
दीपाश्री निरौला निर्देशित उक्त फिल्म आगामी २९ अक्टोबर एकैदिन फोक्सटन, आसफोर्ड र फेल्थाममा प्रदर्शन हुने खड्काले बताए । यसअघि अल्डरसट, उलवीच, स्टेन्स, स्यान्डस्र्टमा खचाखच दर्शकबीच फिल्म प्रदर्शन भइसकेको छ । ‘फिल्मको डिमान्ड अत्यधिक बढेको छ’, खड्काले भने, ‘सन्देशमुलक र हांस्यव्यङयले गर्दा पनि कुनै दर्शक फिल्म हेरेर निरास भएनन् ।’ नेपालीको वाहुल्यता रहेको अल्डरसट शहरमा फेरि प्रदर्शन गर्ने तयारी छ ।
नेपलिज इन्टरटेन्मेन्ट यूकेमा बीरेन खड्का, अनिल मल्ल, राजेन्द्र गुरुङ र दीपक खड्का छन् ।
नेपालमा पांचांै हप्ता पार गर्दा उक्त फिल्मले साढे १२ करोड रुपैयांको व्यापार गरेको समाचार प्रकाशमा आएको छ ।
दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा’ ले फिल्म हेरुन्जेल दर्शक हंसाउछ । यसअघि ‘छक्का पञ्जा’ फिल्म युनिटले बनाएका ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ ले पनि व्यवसायिक सफलता चुमेका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]