लन्डन । पहिलो पटक लन्डनमा आयोजना गरिएको ब्रिटिस एसियन अचिभर्स अवार्डमा मिडिया र हस्पिटालिटी क्षेत्रबाट दुई नेपाली मनोनित हुन सफल भएका छन् । जगतवानी ग्रुपले आयोजना गरेको अवार्डस कार्यक्रममा मिडिया क्षेत्रबाट नेपाली टिभी अध्यक्ष विजय थापा र आउटस्ट्यान्डिङ अचिभमेन्ट इन हस्पिटालिटी विद्यामा पशुपति भण्डारी मनोनयनमा परेका हुन् ।
एभरेष्ट इन ग्रुपका प्रवन्ध निर्देशक भण्डारी बेलायतका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि पनि हुन् भने रेष्टुरेन्ट व्यवसायमा समेत आवद्ध थापा नेपलिज क्याटरर्स असोसिएसन यूकेका अध्यक्ष हुन् ।
शुक्रबार लन्डनस्थित रेडिसन ब्लु होटलमा भएको कार्यक्रममा अन्तिम अवार्ड हात नलागेपनि मनोनित हुनुलाई थापाले उपलव्धि मानेका छन् । ‘कम्तीमा नेपाली समुदायको पनि स्मरण भयो’, थापाले भने, ‘प्रतिष्पर्धामा हार जित त सामान्य प्रक्रिया हो । त्यो भन्दा प्रमुख हाम्रो योगदानको अन्य समुदायले कदर गर्नु नै उपलव्धि हो जस्तो लाग्छ ।’
अवार्डस वितरण समारोहमा करिब चारसय सहभागी थिए ।
पछिल्ला वर्ष यता बेलायतमा नेपालीको पहिलो पुस्ताले राम्रो सफलता प्राप्त गएको छ । बेलायतका चर्चित अवार्डहरु ब्रिटिस करी अवार्डस्, एसियन करी अवार्डस आदिमा नेपाली मनोनित वा विजयी हुने क्रम बढेको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने