
लन्डन । नेटो सुरक्षाका लागि खटिएका बेलायती गोर्खा सैनिकहरुले अफगानिस्तानको राजधानी काबुलमा महान चाड दसैं धुमधामले मनाएका छन् ।
उक्त गोर्खा रेजिमेन्टका दसैं कार्यक्रम संयोजक कलर सार्जन्ट नवराज जिमीका अनुसार काबुलस्थित न्यू काबुल कम्पाउण्ड, कार्गा, ताइपन र हमिद कार्जयी अन्तर्राष्ट्रिय विमानस्थलमा गोर्खा सैनिक तथा नेपालबाट कामको सिलसिलामा काबुल आएका नेपालीहरुले दसैं मनाए । सम्भवतः अफगानिस्तानमा नेपालीहरुले सांस्कृतिक मनोरञ्जनसहित दसैं पर्व मनाएको यो नै पहिलो पटक
हो ।
काबुलका विभिन्न ठाँउमा विशेष तरिकाले दसैं मनाइएको हाम्रा सहकर्मी रोशन मेवाहाङले जानकारी दिए । कलर सार्जन्ट देउमान लावतीको संयोजकत्वमा कार्गामा पनि विभिन्न सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, मिष्ठान भोजन सहित कार्यक्रम गरियो । त्यसैगरी विमान सुरक्षामा खटिएका ताइपन समूह र हमिद कार्जयी अन्तर्राष्ट्रिय विमानस्थल बेस क्यापमा रहेका गोर्खा सैनिक तथा नेपाली दाजुभाइबीच उल्लासमय दसैं मनाइएको छ ।

दोश्रो गोर्खा रेजिमेन्टको हेडक्वाटर रहेको न्यू काबुल कम्पाउण्डमा भने विशेष ढंगले दसैं मनाइएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि थिए मेजर जेनेरल स्टोरी र अतिथी व्रिगेडियर थोमसको पनि उपस्थिति थियो । कर्पोरल रुपेन्द्र राईले सञ्चालन गरेको उक्त सांस्कृतिक कार्यक्रमको संयोजन कर्पोरल प्रदीप इग्नामले गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथिलाई मालाअर्पण गर्दै रेजिमेन्टका प्रमुख लेप्टेन कर्णेल जेसी मुरेले स्वागत मन्तव्यसहित वडा दसैंको शुभकामना सन्देश दिए । कार्यक्रममा गायक चेतन भट्टराईले नेपाली गीत प्रस्तुत गरेर मनोरन्जन दिलाए भने उक्त रेजिमेन्टका विजय मगर र संजीवले आकर्षक नृत्य गरे ।
त्यसैगरी राजेश चेम्जोङ र दाछिरिङ शेर्पाले सामूहिक रुपमा लाहुरेहरुको चर्चित खुकुरी नाच प्रस्तुत गरे । दोश्रो बटालियन सर्पोट (इम्फाल) कम्पनीका सेकेन्ड इन कमाण्ड क्याप्टेन मिलन चन्द्र राईले फूलपाती, मार र दसैं कार्यक्रमको मुख्य संयोजन गरेका थिए ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा