
काठमाडौँ, २८ असोज । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउनका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी दिइने भएको छ ।
परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा आज बसेको बैठकले राम्रो सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र सरसफाइका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायतलाई जिम्मेवारी दिएको छ ।
भारतीय राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ गतेसम्म नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ । सो भ्रमण भव्य, सभ्य र व्यवस्थित गर्नका लागि आजको बैठक बोलाइएको बताइएको छ । भारतीय राष्ट्रपति मुखर्जी काठमाडौँ, पोखरा र जनकपुर जाने कार्यक्रम समेत तय भइसकेको छ । बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने