
लन्डन । प्रोफेशनल ब्युटी असोसिएसन यूकेले नोभेम्बर तेश्रो साता बेलायतमा फेसन शो गर्ने भएको छ । आगामी नोभेम्बर २७ तारिख
अपरान्ह देखि अल्डरसटस्थित द प्यालेस हलमा शो हुन लागेको हो ।
उक्त फेशन शो कुपन्डोलको आकर्षण बुटिकले प्रायोजन गर्दैछ ।
बेलायतस्थित नेपाली महिला समुदायमाझ स्वास्थ्य र सौन्दर्यबारे शिक्षा र प्लेटफार्म दिनु शोको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएका छन् । बेलायतमा नेपाली महिलाहरुले सञ्चालन गरेका असंख्य ब्युटी सलुन छन् । उक्त क्षेत्रमा संलग्न महिलाहरुबीच आपसी चिनजान र उनीहरुलाई शोका माध्यमबाट बेलायतका विभिन्न शहरसम्म परिचित गराउनु शोको अर्को उद्देश्य रहेको आयोजकमध्ये एक माला आलफोर्ड गुरुङले जनाइन् ।
कार्यक्रममा फेशन शो अलवा स्टेज परफर्मेन्स, सांगीतिक प्रस्तुति, डिजे र ककटेल डान्स प्रमुख आकर्षण रहने आयोजकले जनाएका छन् ।
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह