लन्डन । लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा मंगलबार टिका जमारा थाप्नेको भीड लाग्यो । बेलायतका विभिन्न ठाउंबाट आएका करिब तीनसय नेपालीले नेपाली पण्डितहरुबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा ग्रहण गरे ।
बिहान साढे ८ बजेदेखि नै मन्दिर आएर टिका, जमरा लानेहरु असंख्य थिए । पण्डित निलहरि घिमिरेका अनुसार, बिहान साढे दश बजे साइतको विधि गरेपछि दिउसो एक बजेसम्म टिका, जमारा लिनेहरुको भीड लागेको थियो ।
परिवार भन्दा पनि एक्लो हुने विद्यार्थी र आफ्नो मान्यजन नहुनेको बाहुल्यता रह्यो मन्दिरमा । पण्डितहरु निलहरि घिमिरे र विनोद पन्थीले विधि अनुसार जमरा, टिकासहित आशीर्वाद प्रदान गरेका थिए ।
मन्दिरमा आएका भक्तजनहरुले दिएको दान करिब एकहजार पाउण्ड संकलन भएको पण्डित घिमिरेले जनाएका छन् । टिकाको दिन दुई जोडी र नवरात्रीभर ५ वटा विवाह गराइएको जानकारी पनि पण्डित घिमिरेले दिए ।
जमारा, अक्षता वितरणमा सरिता पौडेल र तारा भट्टराईले विशेष सहयोग गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्याल, विनोज्ञ ज्ञवाली, फडिन्द्र भट्टराई आदिले पनि सहयोग गरे ।
लन्डन साउथलस्थित राम मन्दिरमा पनि बिहान १० देखि ११ बजेसम्म टिका, जमरा वितरण गरिएको थियो । विश्व हिन्दू महासंघ बेलायतका अध्यक्ष चिरन्जिवी ढकालले करिब ४५ जनाले मन्दिर आएर टिका, जमरा ग्रहण गरेको बताए । पण्डितहरु चिरन्जिवी ढकाल र गोविन्द नेपालले टिका, जमारा प्रदान गरेका हुन् ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई