
मोटसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु
इनरुवा, २३ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोलानिर आज बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृत्यु हुनेमा इटहरी–५ बस्ने मदन गुरुङ र कुमार रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
राति र र बिहान अत्यधिक मापसे गरी आइरहेका कारण मोटरसाइकल दुर्घटना भई गुरुङद्वयको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक