लण्डन । प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर सन्चालक समितिले दशैँको कार्यक्रममा हेरफेर भएको जनाएको छ ।
समितिका अनुसार यसअघि प्रकाशित सूचनामा अक्टोबर १० का दिन नाै कन्या पूजा राखिएकोमा पूजिने कन्या तथा अभिभावक, गुरुहरु र भक्तजनको अनुरोधमा सो पूजा अाइतबार सारिएको छ ।
यसबाट पर्न गएको असुविधाप्रति मन्दिर सन्चालक समितिले क्षमा याचना गरेको छ । पूजा दिउँसो ३ बजेबाट शुरु हुने बताइएको छ ।
यस कार्यक्रममा प्रसादको ब्यबस्था तथा वितरणको जिम्मा लिएकोमा समाजसेवी अनन्त भण्डारी तथा उहाँकी धर्मपत्नी श्रीमती अम्बिका भण्डारीलाई समितिले बिशेष धन्यवाद दिएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान