लन्डन वेम्ली ट्रायङगलमा चालु गोर्खा भ्याली रेष्टुरेन्ट बिनोभा व्यवस्थापनले लिएको छ । स्ट्यान्मोरमा सञ्चालित बिनोभा रेष्टुरेन्ट व्यवस्थापनले १ अक्टोबरदेखि गोर्खा भ्याली किनेको हो ।
रेष्टुरेन्ट व्यवसायमा दशकौं लामो समय बिताएका के बी वैद्यले रेष्टुरेन्ट विक्री गरे पनि उनी सेफको जिम्मेवारीमा कायमै रहनेछन् ।
अब उक्त रेष्टुरेन्ट ‘बिनोभा जिभी’ नाममा रहने सञ्चालकमध्ये एक वी पी खनालले जानकारी दिए । नयां मेनु, लेआउट र व्यवस्थापनमा रेष्टुरेन्ट सञ्चालन गर्ने खनालको योजना छ । उनले बिनोभालाई फ्रेन्चाइज गरेर सन् २०१७ सम्म करिब ७, ८ वटा बनाइने पनि जनाए । रेष्टुरेन्टमा विक्रम जोशीको पनि लगानी छ । बेलायत इयूबाट बारिरिने घोषणा भएसंगै बेलायती अर्थतन्त्र ओरालो लागिरहेपनि आफूहरुको व्यवसायमा खासै असर नपर्ने उनले बताए ।
खनाल, जोशीसहित नरेश शर्मा, डा. अशोक बन्सल र मिलन चाम्सको टिमले बेलायतमा एक करोड ७० लाख रुपैयां लगानीमा ‘हयाप्पी डेज’ नामक फिल्म पनि निर्माण गर्ने घोषणा गरिसकेको छ । प्रियंका कार्की, दयाहाङ राई लगायत कलाकारको लिड रोल हुने उक्त फिल्म दशैं लगत्तै बेलायतमा छायांकन गरिने छ । निर्देशक हुनेछन् मिलन चाम्स ।
डेढ दशकदेखि बेलायत बस्दै आएका खनाल हाल नर्सिङ व्यवसायमा आवद्ध छन् । उनको बिरा केयर होम्स अन्तर्गत वेल्समा १८ र ३३ शैयाका दुईवटा नर्सिङ होम चालु छन् भने साउथ वेल्समा ५८ बेडको अर्को लिने प्रक्रिया जारी छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा