नाइजेरियामा २२ सैनिकको हत्या

map-of-nigeria

नाइमी, २१ असोज । नाइजेरियाको पश्चिमी क्षेत्रमा पर्ने टासारामा रहेको शरणार्थी शिविरमा भएका आक्रमणमा परी बिहीबार कम्तीमा २२ जना सैनिकको मृत्यु भएको छ ।

शिविरको सुरक्षामा खटिएका सैनिकहरुलाई केही बन्दुकधारीहरुले आक्रमण गरेको वताइएको छ ।

आक्रमणकारीहरु उत्तरी मालीबाट आएका शंकास्प्रद मुश्लिम अतिवादीहरु रहेको श्रोतको दावी छ । आक्रमणकारीहरुलाई खोजी गर्नका लागि सैन्य कारवाही तीव्र बनाइएको जनाइएको छ ।

घटनाका बारेमा अहिलेसम्म आधिकारिक रुपमा पुष्टी नभएपनि नाईजेरियाको सरकारी टेलिभिजनले पश्चिमी क्षेत्रको शरणार्थी शिविरमा आक्रमण भएको समाचार भने दिएको छ । टेलिभिजनले घटनामा ठुलो संख्यामा क्षति र घाइते भएको जनाएपनि एकीन विवरण भने दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री