बेलायतलाई निशर्त एकल बजार नीतिभित्र समावेश गर्न सकिदैन ः मर्केल

जर्मन चान्सलर मर्केल

जर्मन चान्सलर मर्केल

फ्रयाङ्कफर्ट (जर्मनी), २० असोज । युरोपेली युनियन (ईयू) बाट बेलायतको बहिर्गमन हुँदा ईयूले बेलायतलाई युरोपको एकल बजार नीतिमा समावेश गर्न बेलायतले पनि ईयू सदस्य राष्ट्रका जनतालाई आवतजावतमा अवरोध गर्न नपाइने विचार जर्मन चान्सलर एन्जेला मर्केलले व्यक्त गर्नुभएको छ ।

बेलायत र ईयू सदस्य राष्ट्रबीच युरोपको एकल बजार र ईयू सदस्य राष्ट्रका नागरिकको स्वतन्त्र रुपमा आवागमनलगायतका विषयले गहिरो रुप लिएपछि बहिर्गमन प्रक्रियामा समस्या देखिएको छ ।

यद्यपि बेलायतकी प्रधानमन्त्री थेरेसा मेले बहिर्गमन प्रक्रियालाई सन् २०१७ को मार्चदेखि सुरु गर्ने बताउनुभएको छ ।

ईयू सदस्य राष्ट्रका नेताले भने ईयूबाट बेलायतको बहिर्गमन प्रक्रिया जति लम्बियो त्यति नै दुवै पक्षलाई समस्या पर्ने भन्दै प्रक्रियालाई यथासम्भव छिटो सुरु गर्न आग्रह गरेका छन् ।

यदि हामीले ईयूको एकल बजार नीतिलाई आजतजावतमा पूर्ण स्वतन्त्रतासँग गाँसेर कुरा गरेनौँ भने यसबाट ईयू सदस्य राष्ट्रलाई न्याय नहुने पक्का देखिन्छ, मर्केलले भन्नुभयो । एकल बजारसँगै आवागमनको कुरामा सहमति भएमा मात्र ईयू सदस्य राष्ट्रले बेलायत र बेलायतले ईयू सदस्य राष्ट्रमा बराबर अस्तित्वका साथ आफ्ना गतिविधिलाई सञ्चालन गर्नसक्ने उहाँले बताउनुभयो ।

चान्सलर मर्केलले बर्लिनद्वारा भनिएजस्तै कडा धारको पक्षमा रहेर सम्भावित आर्थिक समस्या बेवास्ता गरेरै भए पनि बेलायतलाई युरोपको एकल बजार नीतिमा समाहित हुनका लागि खुला आवागमनको पक्षमा बेलायतलाई ल्याउन दबाब सिर्जना गर्न युरोपियन इन्डस्ट्री फेडरेसनलाई आग्रह गर्नुभएको हो ।

हामीले आफ्नो स्वार्थलाई माथि पार्ने गरी सैद्धान्तिक वातावरणलाई सारा युरोपवासीमाझ बुझाउनु पर्छ जसका कारण युरोपियन इन्डस्ट्री फेडरेसनले बेलायतसँगको एकल बजार नीतिबारेको बहसमा दबाब सिर्जना गर्नसक्ने छैन । यो ईयू सदस्य राष्ट्रको हितमा हुनेछ ।

तर बेलायती केही नेताहरुले भने ईयूसँगको यस विवादमा बेलायती बजार गुम्नसक्ने खतरा देखी बेलायतलाई युरोपको एकल बजार नीतिअन्तर्गत बहिर्गमन प्रक्रिया अघि बढाउन दबाब दिने छन् भन्ने विश्वास राखेको पाइन्छ ।

यदि बेलायतको बजार आफ्नो पक्षमा प्रयोगमा नआए उद्योगधन्दा धरासायी हुने चिन्ताले गर्दा ईयू सदस्य राष्ट्रका व्यवसायीले बेलायतको एकल बजारको मागलाई सम्बोधन गरेरै भए पनि आफ्नो बजारलाई गुमाउन नहुने मत राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री