पोर्ट ओ प्रिन्स (हैटी), १९ असोज । हैटीमा करिब एक दशक यताकै शक्तिशाली आँधीका कारण बुधबार नौ जनाको मृत्यु भएको छ भने हजारौ मानिस विस्तापित भएका छन् ।
विश्वकै गरिब मुलुकमध्येको एक राष्ट्र हैटीको पश्चिमी क्षेत्रमा अघि बढेको उक्त म्याथु नामक आँधी क्रमशः पूर्वी क्युबातिर बढिरहेको बताइएको छ ।
आँधीका कारण हैटीको राजधानी पोर्ट ओ प्रिन्सलाई जोड्ने पुल भत्किएपछि यहाँको स्थिति भयावह बनेको यहाँको गृह मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।
आँधीपछि विस्थापित बनेका करिब नौ हजार मानिसलाई विद्यालय, चर्चलगायतका सार्वजनिक ठाउँहरुमा राखिएको छ । आँधीका कारण यहाँका विद्यालयमा सोमबारसम्मका लागि पठनपाठन बन्द गरिएको छ ।
आँधीका कारण हैटीका विभिन्न क्षेत्रमा ठूलो सङ्ख्यामा घर भत्किएका, रुखहरु ढल्दा यातायात आवतजावतमा कठिनाई भएको र कतिपय सहरी तथा ग्रामीण बस्ती जलमग्न भएको मन्त्रालयले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
आगामी आइतबार गरिने भनिएको राष्ट्रपतीय तथा संसदीय निर्वाचन आँधीपछि स्थगित हुने वा नहुने सम्बन्धमा सरकारी अधिकारीले अझै निर्णय भईनसकेको बताएका छन् ।
यसैबीच आँधीबाट करिब पाँच मिटरसम्मको अग्लो तरङ्ग सिर्जना गर्दै क्युबाको पूर्वी भागतिर गएपछि क्युबाले आफ्ना करिब १३ लाख नागरिकलाई सुरक्षित स्थलतर्फ सारेको छ ।
क्युबामा आँधीका कारण भएको पूर्ण क्षतिको बारेमा विवरण आइनसकेको क्युबाली अधिकारीले जनाएका छन् ।
उक्त आँधी क्रमशः अमेरिकी राज्य दक्षिण फ्लोरिडा, उत्तरी क्यारोलिना, जर्जियातिर अघि बढेको बताइएको छ ।
आँधीका कारण अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडामा आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको समर्थनमा चुनावी सम्बोधन गर्न तय गरिएको कार्यक्रम तत्कालका लागि रद्द भएको बताइएको छ ।
दक्षिणी क्यारोलिनाबाट करिब ११ लाख मानिसलाई तटीय क्षेत्रबाट सुरक्षित स्थलतर्फ सार्ने तयारी गरेको छ ।
आँधी आगामी दुई दिनसम्म सक्रिय रहने बताइएको छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम