
ईयूको सहायता योजना तत्काल अलेप्पो पुर्याउन जोड
पेरिस (फ्रान्स), १९ असोज । फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले बुधबार युरोपेली युनियन (ईयू) को नयाँ मानवीय सहायता योजनालाई अलेप्पो क्षेत्रमा पुरयाउनुपर्ने बताएको उहाँको कार्यालयले जनाएको छ ।
अलान्दले अलेप्पोमा देखिएको द्वन्द्व र यसबाट निम्तिएका गम्भीर अवस्थामाथि ध्यान दिँदै ईयूको नयाँ सहयोग द्वन्द्वपीडित सिरियाली नागरिकमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
ईयूले पनि अलेप्पोमा सरकारी तथा संयुक्त गठबन्धन सेनाको आक्रमणबाट हजारौँ नागरिक विस्थापित बनेको र उनीहरुलाई औषधि, खानेपानी र खाद्यान्नको अभाव भएको छ ।
यसैलाई मध्यनजर गर्दै ईयूसँग मानवीय सहायताका लागि सञ्चित औषधि, खाद्यान्नलगायतका आधारभूत आवश्यकता पूरा गर्न ईयूले सहयोग उक्त क्षेत्रमा पुरयाउनुपर्ने अलान्दले बताउनुभयो ।
अलेप्पो सिरियाली जिहादी विद्रोहीको राम्रो पकड भएको क्षेत्र हो जहाँ एक लाख ३० हजार नागरिकलाई आधारभूत मानवीय सहायताको अभाव देखिएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति