
पेरिस (फ्रान्स), १९ असोज । फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले बुधबार युरोपेली युनियन (ईयू) को नयाँ मानवीय सहायता योजनालाई अलेप्पो क्षेत्रमा पुरयाउनुपर्ने बताएको उहाँको कार्यालयले जनाएको छ ।
अलान्दले अलेप्पोमा देखिएको द्वन्द्व र यसबाट निम्तिएका गम्भीर अवस्थामाथि ध्यान दिँदै ईयूको नयाँ सहयोग द्वन्द्वपीडित सिरियाली नागरिकमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
ईयूले पनि अलेप्पोमा सरकारी तथा संयुक्त गठबन्धन सेनाको आक्रमणबाट हजारौँ नागरिक विस्थापित बनेको र उनीहरुलाई औषधि, खानेपानी र खाद्यान्नको अभाव भएको छ ।
यसैलाई मध्यनजर गर्दै ईयूसँग मानवीय सहायताका लागि सञ्चित औषधि, खाद्यान्नलगायतका आधारभूत आवश्यकता पूरा गर्न ईयूले सहयोग उक्त क्षेत्रमा पुरयाउनुपर्ने अलान्दले बताउनुभयो ।
अलेप्पो सिरियाली जिहादी विद्रोहीको राम्रो पकड भएको क्षेत्र हो जहाँ एक लाख ३० हजार नागरिकलाई आधारभूत मानवीय सहायताको अभाव देखिएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]