
दसैँका लागि नयाँ नोट साट्नेको बुधबार बिहानैदेखि थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा लागेको भीड । बैंकमा पैसा साट्नेको अत्यधिक चाप बढे पनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा नोट साट्नेको राष्ट्र बैंकदेखि प्रसूतिगृहसम्म नै भीड लागेको छ । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १९ असोज । दसैँका लागि नयाँ नोट साट्नेको बिहानैदेखि थापाथलीस्थित नेपाल राष्ट्र बैङ्कमा भीड लागेको छ ।
बैंकमा पैसा साट्नेको अत्यधिक चाप बढे पनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा नोट साट्नेको राष्ट्र बैंकदेखि प्रसूतिगृहसम्म नै भीड लागेको छ ।
बैंकका नोट व्यवस्थापन विभाग प्रमुख भुवन कँडेलले पैसा साट्न चाहने सर्वसाधारण तथा सेवाग्राहीको मागअनुसार सटही भइरहेको जानकारी दिँदै सेवाग्राहीको एकैचोटि चाप बढेपछि भीड व्यवस्थापनमा केही समस्या आएको स्वीकार्नुभयो ।
उहाँका अनुसार दैनिक करिब तीन हजार सेवाग्राहीले नोट सटही गरेका छन्, अहिलेसम्म करिब रु ३५ करोड सटही भइसकेको छ । सरकारी तथा अन्य कार्यालयबाट पत्र लिएर जाने कर्मचारीलाई छिटोछरितो आवश्यकताअनुसार रकम सटही भएको छ ।
पैसा साट्न भनी बिहान ७ बजेदेखि आएर लाइन बसेका दिवाकर देवकोटाले करिब तीन घन्टा लाइन बसेर पैसा साटेको जानकारी दिनुभयो । बैंकले प्रतिव्यक्तिलाई अधिकतम ३७ हजारसम्मको सटही सुविधा उपलब्ध गराएको जनाएको छ ।
राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकका साथै अन्य बैंकलाई पनि पैसा साट्न रकम पठाइसकेको जनाइएको छ । बैंकले सर्वसाधारणलाई दसैँमा टीका लगाएपछि अबिरसहितको रातो हातले पैसाको प्रयोग नगर्न आग्रहसमेत गरेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण