
आदिस आबाबा, १७ असोज । इथियोपियामा तीनदिने राष्ट्रिय शोक सोमबारबाट सुरु भएको छ । एक धार्मिक पर्वको क्रममा सरकारविरोधी समूह र प्रहरीबीच भएको झडपमा ५२ जनाको मृत्यु भएपछि सो तीनदिने राष्ट्रिय शोक घोषणा गरिएको राज्यद्वारा नियन्त्रित सञ्चार माध्यमले जनाएको छ ।
सरकारी संस्थाहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने, नियमित रेडियो कार्यक्रमहरुमा राष्ट्रिय शोकको धुनहरु बजाउने सञ्चार माध्यमहरुले जानकारी दिएको छ ।
राजधानी आदिस आबाबानजिकैको बिसोफ्तु नगरमा ओरोमो समूदायको इरिचा (वर्षात्को मौसम सकिएपछि मनाइने एक स्थानीय पर्व) चलिरहेका बेला सो घटना भएको इथियोपियाली सरकारी सञ्चार माध्यमले जनाएको छ ।
स्थितिलाई नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको बताइएको छ । सो स्थानमा ठूलो सङ्ख्यामा जम्मा भएका व्यक्तिबीच डराएर कराउँदै भागदौड चल्दा उनीहरुको मृत्यु भएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यो हिंसामा गैरजिम्मेबार समूहको हात रहेको क्षेत्रीय सरकारको आरोप छ । घटनास्थलमा गोली प्रहार भएको पनि बताइएको छ ।
प्रतिपक्षी दलका अध्यक्ष मेरेरा गुदिनाका अनुसार यस घटनामा मारिएका भनी सरकारीस्तरबाट भएको पुष्टि भन्दा यर्थाथमा अझ बढी व्यक्तिको मृत्यु भएको छ ।
“सरकारस्तरबाट सङ्कलन भइरहेको शवहरु एक सयभन्दा बढी भएको आफूले प्रत्यक्ष रुपमा देखेको गुदिनाले बताउनुभएको छ ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण