काठमाडौँ, १६ असोज । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी आजदेखिसेवा विस्तार गरेको छ ।
दश वर्षपछि पहिलो पटक आजदेखि साझाले आफ्नो सेवा उपत्यका बाहिर विस्तार गरेको हो । दसँैमा घर जाने यात्रु बोकेर पहिलो पटक साझा बाग्लुङ र गोरखाका लागि छुटिसकेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
लामो समयपछि आज पहिलो दिन काठमाडौँदेखि बाग्लुङ र काठमाडौँ—गोरखाका लागि दुई दुई बस बिहान ८ बजेदेखि उपत्यकाबाट बाहिरिसकेका छन् । पाण्डेका अनुसार अब एक दई दिनमा साझा बस चढेर दसैँ मान्नका लागि वीरगन्ज जान पाउने छन् ।
विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२, ६३ देखि पूर्ण रूपमा लामो दूरीमा साझाका बस सञ्चालन हुन छाडेको थियो । झन्डै दुई हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यका बाहिर सञ्चालन गर्न लागेको बस नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेका बस नै हुन् ।
सेवा विस्तार गरिएको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलङ्कीबाट टिकट काट्न पाउनेछन् । उक्त बसमा एक पटकमा बसेर ५५ जनाले र केहीले उठेर पनि यात्रा गरेका छन् ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक