
काठमाडौँ, १५ असोज । धितोपत्र बजारमा यस साता कुल १५८ कम्पनीको रु चार अर्ब ४५ करोड तीन लाख २८ हजार मूल्य बराबरको ५२ लाख ९२ हजार १६० कित्ता सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्चेन्जकाअनुसार गतसाता १५२ कम्पनीको रु पाँच अर्ब ६५ करोड ४६ लाख ५८ हजार बराबरका ७२ लाख ३९ हजार ७५० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
कारोबार रकम गत साताको भन्दा २१.२७ प्रतिशत कम रहेको स्टकले जनाएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२.७४ अङ्कले बढेर अन्तिम दिन एक हजार ७५३.३८ अङ्कमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.२२ अङ्कले बढेर ३८०.२६ अङ्कमा आइपुगेको छ । यससाता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको रु ५३ करोड एक लाख २० हजार मूल्य बराबरको सेयर कारोबार भएको थियो ।
त्यसैगरी कारोबार भएको सेयर सङख्या पाँच लाख ११ हजार कित्ताको आधारमा नबिल ब्यालेन्स फन्ड एक अग्रस्थानमा रहेको छ ।
यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष पाँच दिन खुला रह्यो । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?