जेरुसेलम (इजरायल), १४ असोज । नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति सिमोन पेरेजलाई विश्वनेताले शुक्रबार अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायतका राजकुमार चाल्र्सलगायतका विश्व नेताले कडा सुरक्षा व्यवस्थाबीच पेरेजलाई श्रद्धाञ्जलिसहित बिदाइ गर्नुभएको हो ।
प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बास पनि श्रद्धाञ्जलि समारोहको अघिल्लो लहरमा हुनुहुन्थ्यो । उहाँले पेरेजलाई सम्झौता गर्न वार्ता गर्ने नेताको रुपमा नजिकबाट चिनेको बताउनुभयो ।
विश्वनेताको उपस्थितिका कारण जेरुसेलममा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो भने सडक बन्द गरिएको र हजाराँै कर्मचारी परिचालन गरिएको थियो । श्रद्धाञ्जलि समारोहमा झन्डै ७० देशका प्रतिनिधि सहभागी रहेका थिए ।
इजरायलका संस्थापक पिताको रुपमा चिनिने नेता पेरेजको निधन गत बुधबार ९३ वर्षको उमेरमा भएको हो ।
बिहीबारसम्म अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टनसहित झन्डै ५० हजार जनाले संसद् अगाडि राखिएको पेरेजको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका छन् । श्रद्धाञ्जलि दिने बेला क्लिन्टन शब्दविहीन बन्नुभएको थियो ।
इजरायल र प्यालेस्टाइनका बीचमा सन् १९९० मा भएको ओस्लो शान्ति सम्झौताका लागि क्लिनटनले सघाउनु भएको थियो, जसका कारण पेरेजले नोबेल शान्ति पुरस्कार पाउनुभएको थियो । पेरेसको मृत्युभएपछि क्लिनटनले उहाँलाई अपूर्व बुद्धि र मन भएको महान् व्यक्तिका रुपमा सम्झनुभएको थियो ।
श्रद्धाञ्जलि समारोहमा ओबामा, क्लिनटन, इजरायली राष्ट्रपति रेउभेन रिभ्लीन, प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु, सभामुख युली इडेल्स्टेइन, चर्चित लेखक अमोस ओज, पेरेसका छोरा र छोरीले शोक मन्तव्य दिनुभएको थियो ।
झन्डै सात दशकको राजनीतिक यात्राका क्रममा उहाँले सन् २००७ देखि २०१४ सम्म प्रधानमन्त्री र राष्ट्रपतिसहित विभिन्न महत्वपूर्ण भूमिकामा रहनुभएको थियो ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम