
साङघाई (चीन), १३ असोज । चीनको प्रहरीले बिहीबार १९ जनाको हत्या गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
युनान प्रान्तको कुनमिङ सहर नजिकैको एक गाउँका २६ वर्षीय याङ क्वीनपेईले आफ्नै गाउँका १९ जनालाई बुधबार राति आक्रमण गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले बिहीबार बिहानै १९ जना गाउँले उनीहरुकै घरमा मृत अवस्थामा फेला परेका जनाएको थियो ।
मृतकमध्ये ११ जना पुरुष र आठ जना महिला रहेको बताइएको छ । मृतकमा तीन वर्षीया बालिकादेखि ७२ वर्षीया वृद्धा रहेका छन् ।
युनान प्रहरीले १९ जनाको मृत्यु भएको कुरा पुष्टि गरेको छ । यद्यपि यसमा कुनै आतङ्कवादी समूहको संलग्नता रहेको नभेटिएको चिनियाँ प्रशासनले जनाएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?