
काठमाडौँ, १४ असोज । भदौ महिनामा हिंसामा परेका महिलामध्ये ५४ प्रतिशत महिला १७ देखि ३० वर्ष उमेर समूहका रहेका छन् ।
महिला पुनःस्थापना केन्द्र (ओरेक)ले भदौ महिनामा गरेको अध्ययनअनुसार ९५ वटा हिंसामा परेका घटना दर्ता भएकामा ४६ प्रतिशत १६ वर्षमुनिका देखिएको छ ।
यसैगरी, ३९ प्रतिशत महिला शारीरिक हिंसामा परेका थिए भने मानसिक हिंसामा २४ प्रतिशत, बलात्कारको घटना १० प्रतिशत, बहुविवाहको घटना आठ प्रतिशत र अन्य घटना १३ प्रतिशत महिला हिंसामा परेको देखिएको छ । उनीहरुमध्ये ३१ प्रतिशत महिला आफ्नै परिवारबाट पीडित भएका थिए भने २३ प्रतिशत छिमेकी तथा नातेदारबाट हिंसामा परेका थिए ।
यस्तै, १५ प्रतिशत आफ्नै श्रीमान्बाट र आठ प्रतिशत प्रेमीबाट हिंसामा परेका थिए । महिला हिंसाविरुद्व विभिन्न सङ्घसंस्थाले समय–समयमा जनचेतनात्मक कार्यक्रम, रयाली, सडक नाटकजस्ता कार्यक्रम गरेपनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउन नसकेको उक्त तथ्याङ्कले देखाएको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक