
काठमाडौँ, १४ असोज । भदौ महिनामा हिंसामा परेका महिलामध्ये ५४ प्रतिशत महिला १७ देखि ३० वर्ष उमेर समूहका रहेका छन् ।
महिला पुनःस्थापना केन्द्र (ओरेक)ले भदौ महिनामा गरेको अध्ययनअनुसार ९५ वटा हिंसामा परेका घटना दर्ता भएकामा ४६ प्रतिशत १६ वर्षमुनिका देखिएको छ ।
यसैगरी, ३९ प्रतिशत महिला शारीरिक हिंसामा परेका थिए भने मानसिक हिंसामा २४ प्रतिशत, बलात्कारको घटना १० प्रतिशत, बहुविवाहको घटना आठ प्रतिशत र अन्य घटना १३ प्रतिशत महिला हिंसामा परेको देखिएको छ । उनीहरुमध्ये ३१ प्रतिशत महिला आफ्नै परिवारबाट पीडित भएका थिए भने २३ प्रतिशत छिमेकी तथा नातेदारबाट हिंसामा परेका थिए ।
यस्तै, १५ प्रतिशत आफ्नै श्रीमान्बाट र आठ प्रतिशत प्रेमीबाट हिंसामा परेका थिए । महिला हिंसाविरुद्व विभिन्न सङ्घसंस्थाले समय–समयमा जनचेतनात्मक कार्यक्रम, रयाली, सडक नाटकजस्ता कार्यक्रम गरेपनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउन नसकेको उक्त तथ्याङ्कले देखाएको छ ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी