
अमेरिका रेल दुर्घटनामा कम्तिमा सय जना घाइते
होबोकन (न्युयोर्क), १३ असोज । न्युयोर्कबाट न्युजर्सीका लागि छुटेको रेल बिहीबार बिहान हेबोकनमा दुर्घटनाग्रस्त हुँदा एक सय जनाभन्दा बढी मानिस घाइते भएको अमेरिकी प्रहरीले बताएको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको न्युजर्सी रेल स्टेसनका प्रवक्ता जेनिफर नेलसनले बताउनुभयो ।
एक प्रत्यक्षदर्शीका अनुसार एक जना महिला रेल र स्टेसनको पर्खालमा च्यापिएकी र उनको अवस्था गम्भीर रहेको छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
स्थानीय समयअनुसार न्युयोर्कबाट बिहान ८ः४५ बजे भएको उक्त दुर्घटना के कारणबाट भएको भन्नेबारेमा छानबिन सुरु भएको प्रवक्ता नेलसनले बताउनुभयो ।
हेबोकन रेल स्टेसनबाट उक्त घटनापछि सम्पूर्ण रेलसेवा बन्द गरिएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
फेसबुक