
काठमाडौँ, १३ असोज । सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित हुने गरी चाँडोभन्दा चाँडो सार्क शिखर सम्मेलन आयोजना गर्नेतर्फ सहज वातावरण तयार गर्न नेपालले आह्वान गरेको छ ।
सार्कको अध्यक्ष राष्ट्रको हैसियतले आज विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले आयोजक राष्ट्रका तर्फबाट आवश्यक वातावरण बनाउन पहल हुने विश्वास व्यक्त गर्दै वर्तमान अध्यक्षको हैसियतले नेपालले आफ्नातर्फबाट पूरा गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारेको छ ।
नेपालले सार्क शिखर सम्मेलन अनिश्चितकालसम्म स्थगन हुनु सार्क सदस्य राष्ट्रको हितमा नहुने समेत उल्लेख गरेको छ । आगामी कात्तिक २४ र २५ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको १९ औँ सार्क शिखर सम्मेलनमा चार सदस्य राष्ट्रले सहज वातावरण नभएका कारणबाट सफलतापूर्वक सम्मेलन सम्पन्न हुन नसक्ने भन्दै सहभागिता जनाउन नसक्ने जानकारी गराएपछि नेपालको यस्तो भनाइ आएको हो ।
सार्कको परम्परामा एक सदस्य राष्ट्रले मात्र भाग लिन नसक्ने जानकारी गराएको अवस्थामा पनि शिखर सम्मेलन आयोजना हुन नसक्ने प्रावधान छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?