
राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा उपमहानगरपालिकाद्वारा हल्लनचोकमा बिहीबार आयोजित कार्यक्रममा फेवातालबाट जलकुम्भी झार निकालेर फेवाताल सरसफाइ अभियानकोे शुभारम्भ गर्नुहुँदै । तस्बिर ः हरि वास्तोला, पोखरा, रासस
पोखरा, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज फेवाताल सरसफाइ अभियानको शुभारम्भ गर्नुभयो ।
राष्ट्रपति भण्डारीले पोखरा उपमहानगरपालिकाद्वारा हल्लनचोकमा आयोजित कार्यक्रममा फेवातालबाट जलकुम्भी झार निकालेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउँदै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले पोखरा र फेवातालको सरसफाइमा सुरक्षा निकाय, नागरिक समाज, राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न सङ्घसंस्थाको सक्रिय सहभागिता रहँदै आएको जानकारी गराउनुभएको थियो ।
राष्ट्रपति भण्डारीलाई नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जलकुम्झीका कारण कुरुप बन्दै गएको मुलुककै महत्वपूर्ण सम्पदा फेवातालको संरक्षणका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।
पोखरा उपमहानगरपालिकाको पहलमा विभिन्न सङ्घसंस्थाको सहभागितामा प्रत्येक शुक्रबार फेवातालमा सरसफाइ कार्यक्रम गरिदै आएको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक