पोखरा, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मातृशिशु मितेरी अस्पताल पोखरा र जापानको कोमागाने सहरीबीच भएको भगिनी सम्बन्धको प्रतीक भएको बताउनुभएको छ ।
पोखरा उपमहानगरपालिकाको बाटुलेचौरमा सञ्चालन भएको २५ श्ययाको जिल्लास्तरको मातृशिशु मितेरी अस्पतालको यहाँ आज उद्घाटन गर्दै उहाँले अस्पतालले महिला, बालबालिका र गर्भावस्थामा रहेका शिशुको उपचारमा अत्यावश्यक सेवा पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले नेपाल र जापानबीच लामो समयदेखि सुमधुर सम्बन्ध कायम रहेको चर्चा गर्दै जापान नेपालको विकासको एक साझेदार देश भएको धारणा राख्नुभयो ।
प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाले भरिपूर्ण सुन्दर रमणीय पोखरा पर्यटकको गन्तव्यस्थल भएको चर्चा गर्दै राष्ट्रपति भण्डारीले पोखरालाई स्वास्थ्य पर्यटन सहरका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्री हुँदा मन्त्रिपरिषद्को बैठकबाट मातृशिशु मितेरी अस्पताललाई २५ श्ययाको जिल्ला अस्पताल बनाउन निर्णायक भूमिका खेलेको भन्दै पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
सोही समारोहमा उहाँले अस्पतालको विकासमा उल्लेखनीय योगदान पुरयाउने विभिन्न महानुभावलाई सम्मान गर्नुभएको थियो । सो अवसरमा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नवनिर्मित अस्पतालले मातृशिशु मृत्युदर घटाउन सहयोग पुरयाउने बताउँदै जापान सरकारले आगामी दिनमा पनि यसप्रकारका अन्य सहयोग गर्ने जानकारी दिनुभयो ।
पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले नवजात शिशुको मृत्युदर घटाउन नसक्नु अहिले देशका लागि चुतौतीको विषय बनेको धारणा राख्नुभयो । अस्पताल विकास समितिका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा जाइका निर्देशक जुन साकुमाले अस्पतालको निर्माणमा सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।
बाटुलेचौर स्वास्थ्य चौकीको स्तरोन्नति र मातृशिशु मितेरी अस्पताललाई समायोजन गरी स्वास्थ्य मन्त्रालयअन्तर्गत जिल्ला अस्पतालका रुपमा सो अस्पताल सञ्चालन गरिएको हो ।
पोखरा उपमहानगरपालिका र जापानको कोमागाने सहरबीच भगिनी सम्बन्ध भएका अवसरमा अस्पताल नेपाल सरकारलाई आज हस्तान्तरण गरिएको हो ।
कोमागाने सहर, नेपाल सरकार र स्थानीय जनसहयोग गरी करिब रु १४ करोड अस्पतालको भवन निर्माण र उपकरण खरिदमा खर्च भएको बताइएको छ ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ