बिहीबार, कार्तिक १३ २०७७ | Thu, October 29, 2020
नेपालको समय: ०७:३५ | UK Time: 01:50

सार्क शिखरमा चार देश सहभागी नहुने भएपछि झस्कियो नेपाल

वीनेपाली
२०७३ असोज १३ गते १:५८

SAARC1

काठमाडौँ, १२ असोज । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति प्रकाशित गरी पाकिस्तानको इस्लामावादमा आगामी कात्तिक २४ र २५ गते आयोजना गरिन लागिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सगंठन(सार्क)को १९ औँ शिखर सम्मेलनमा अफगानिस्तान, बंगलादेश, भूटान र भारत सहभागी नहुने जनाएको छ । ती सदस्य राष्ट्रहरुले वर्तमान दक्षिण एसियाको क्षेत्रीय परिस्थिति असहज भएका कारण देखाउँदै शिखर सम्मेलनमा सहभागी नहुने बताइएको छ ।

मन्त्रालयले पछिल्लो यस घटनालाई गम्भीरताका साथ लिएको उल्लेख गरेको छ ।
नेपाल सरकारले वर्तमान सार्कको अध्यक्षका हैसियतले ती सार्क सदस्य राष्ट्रहरुलाई १९औँ सार्क शिखर सम्मेलनमा सार्कको बडापत्रलाई मनन गर्दै सहभागी हुने वातावरण सिर्जना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक