काठमाडौँ, १० असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको हवाला दिएर सरकार एकलौटी ढङ्गले अघि बढ्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
बिजुली बजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधनबारे सरकारले आफूसँग छफफल नै नगरी एकलौटी ढङ्गले अघि बढेको जनाएको छ ।
संविधान संशोधनलगायत आफ्ना मागबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी निर्णायक छलफल गर्ने मोर्चाको एक घटक राष्ट्रिय समाजवादी पार्टी महासचिव केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले सहमतिअनुसार आन्दोलनमा लगाइएको मुद्दा फिर्ताको कामप्रति प्रगति नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आइतबार तीन दलबीच भएको निर्णयप्रति विमति जनाउँदै मोर्चाले स्थानीय निकायको पुनःसंरचना स्थानीय प्रदेशका आधारमा हुनुपर्ने माग गरेको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन