
मलेखु धादिङ, ११ असोज । धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ गइरहेको बस मार्पाक गाविसको पन्तटार नजिकै आज दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
बा ३ ख ३३१८ नं को बस पल्टिएर दुर्घटना हुँदा १५ जनाको शव फेला परेको, १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए ।
पहिरो झरेको बाटाबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको बताइएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका पूर्वसभापति केशरीप्रसाद पन्तले बताए ।
पहिरो पार गर्न लाग्दा बस पल्टिएर खसेको थियो । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?