
काठमाडौँ, १० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालाई आज नियुक्त गर्नुभएको छ ।
सो कुरा राष्ट्रपति कार्यालयले जनाएको हो । राष्ट्रपति भण्डारीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसेन्टसँग आज बिदाइ भेट गर्नुभयो । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उहाँहरुबीच दुईदेशबीच विद्यमान राजनीतिक, साँस्कृतिक, आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा कुराकानी भएको थियो ।
राष्ट्रपति भण्डारीले गत वर्षको भूकम्पका कारण राहत र खोजी तथा पुनःनिर्माणमा थाई सरकारबाट प्राप्त सहयोगका लागि थाई सरकार र जनतालाई धन्यवाद दिनुभयो ।
यसैबीच राष्ट्रपति भण्डारीले नेपालका लागि जापानका प्रतिनिधिसभाका सदस्य तथा जापान–नेपाल संसदीयमैत्री समूहका सदस्य कोतारो नागासाकी र नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्तामा उहाँहरुबीच दुई देशबीच सम्बन्ध स्थापना भएको ६० औँ वर्ष पुगेका अवसरमा जनस्तरदेखि नै आपसी सम्बन्ध थप सुढृढ बनाउँदै लैजाने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता धु्रवराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा