
काठमाडौँ, १० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालाई आज नियुक्त गर्नुभएको छ ।
सो कुरा राष्ट्रपति कार्यालयले जनाएको हो । राष्ट्रपति भण्डारीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसेन्टसँग आज बिदाइ भेट गर्नुभयो । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उहाँहरुबीच दुईदेशबीच विद्यमान राजनीतिक, साँस्कृतिक, आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा कुराकानी भएको थियो ।
राष्ट्रपति भण्डारीले गत वर्षको भूकम्पका कारण राहत र खोजी तथा पुनःनिर्माणमा थाई सरकारबाट प्राप्त सहयोगका लागि थाई सरकार र जनतालाई धन्यवाद दिनुभयो ।
यसैबीच राष्ट्रपति भण्डारीले नेपालका लागि जापानका प्रतिनिधिसभाका सदस्य तथा जापान–नेपाल संसदीयमैत्री समूहका सदस्य कोतारो नागासाकी र नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्तामा उहाँहरुबीच दुई देशबीच सम्बन्ध स्थापना भएको ६० औँ वर्ष पुगेका अवसरमा जनस्तरदेखि नै आपसी सम्बन्ध थप सुढृढ बनाउँदै लैजाने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता धु्रवराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]