
मनिला, १० असोज । फिलिपिन्समा एक गर्भवती महिला ‘जिका भाइरस’बाट प्रभावित भएको सोमबार जनाइएको छ ।
यस प्रकार गर्भवती महिला जिका भाइरसबाट प्रभावित भएको फिलिपिन्समा पहिलो पटक देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
गर्भवती महिला जिका भाइरसबाट प्रभावित हुनु गर्भस्थ शिशुलाई खतरा पुग्नु मानिन्छ ।
यसै क्रममा फिलिपिन्सका जनस्वास्थ अधिकारीले एउटा जरुरी सूचना जारी गरी सबै गर्भवती महिला तथा सर्वसाधारण जनतालाई लामखट्टेबाट जोगिन सचेत गराएका छन् ।
यस महिना फिलिपिन्सभरी एउटी गर्भवती महिलासहित १२ जना व्यक्ति जिका भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य सचिव पाउलीनले युबाएलले जानकारी दिनुभएको छ ।
सेबु प्रांन्तको केिन्द्रय द्विप क्षेत्रमा बसोवास गर्दै आएकी २२ वर्षीया ती गर्भवती महिलाको १९ हप्ताको गर्भ रहेको र गर्भस्थ बालक उनको पहिलो सन्तान भएको बताइएको छ ।
बच्चा जन्म नभएसम्म ती गर्भवती महिलालाई नियमित स्वास्थ परीक्षण र जिका भाइरस निगरानीमा राखिने पनि स्वास्थ्य विभागले जानकारी दिएको छ ।
जिका भाइरसबाट प्रभावित गर्भवती महिलालाई ‘माइक्रोसेफाली’ भन्ने रोग लाग्ने हुँदा उनीबाट मस्तिष्क र टाउको असाधारण रुपले सुकेको शिशु जन्मने गरेको पाइएको छ ।
फिलिपिन्समा यस महिनामा जिका भाइरसबाट प्रभावित १२ व्यक्ति मध्ये ९ देखि ५५ वर्षसम्म उमेरका आठजना महिला रहेका जनाइएको छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम