
जेनेभा (स्वीट्जरल्याण्ड), ७ असोज । संयुक्त राष्ट्र सङ्घका मावनीय सहायता बोकेर सिरियाको माडिमेयट सहरका लागि छुटेका गाडीहरु शुक्रबार त्यहाँ पुगेका राष्ट्र सङ्घको मानवीय सहायता सहकार्य मामिला (ओसिएचए) को सिरियास्थित कार्यालयले बताएको छ ।
विभिन्न २३ वटा ट्रकमा खाद्यान्न, औषधि, पौष्टिक आहार तथा शैक्षिक सामग्री बोकेका गाडीले सामान ढुवानी गरी दमास्कसतर्फ फर्किसकेका ओसिएएचएका प्रवक्ता जेन्सलार्कले बताउनुभयो ।
सिरियाली सहर दमास्करबाट ग्रामीण इलाकामा रहेका केही बस्तीमा द्वन्द्वका कारण विगत दुई महिनादेखि खाद्यान्न, औषधिलगायतका अत्यावश्यकीय सामग्री पुरयाउन नसकिएको लार्कले बताउनुभयो ।
सिरियामा एक करोड ३५ लाख नागरिकलाई खाद्यान्न सहयोगको जरुरी रहेकामा ५५ लाख मानिसलाई बसोबास गर्ने स्थानमा पुग्न द्वन्द्वका कराण सम्भव नहुँदा त्यहाँका मानिस आधा पेट खाएर र औषधि अभावमा नै जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ ।
संयुक्त राष्ट्रसङ्घले गत मङ्गलबार करिब एक हप्तादेखि जारी युद्धबिरामलाई भङ्ग गर्दै गरिएको आक्रमणमा रेडक्रस सोसाइटीका एक स्थानीय प्रतिनिधि समेत २० जनाको मृत्यु भएपछि मानवीय सहायताका लागि सिरियाको द्वन्द्व प्रभावित प्राचीन सहर पठाएका सम्पूर्ण सामानलाई फिर्ता गर्न निर्देशन दिएको छ । तर द्वन्द्वरत पक्षले सहायता पठाउने कार्यमा कुनै अवरोध नगर्ने जनाएपछि सहयोग पुन पठाइएको हो ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?