सान फ्रान्सिस्को (संयुक्त राज्य अमेरिका), ८ असोज । अमेरिकाको वासिङ्टन राज्यको सियाटल नगरमा अवस्थित एक मलमा शुक्रबार राति भएको गोलीकाण्डमा चार व्यक्तिको मृत्यु भएको छ ।
सियाटल नगरको बुर्लिङ्गटन क्षेत्रमा रहेको क्यास्केड मलमा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा खैरो कपडा लगाएका ल्याटिन अमेरिकी पुरुषले सो घटना गराएको समाचारमा जनाइएको छ ।
सो घटना भएको केही समयपछि नै प्रहरीले तत्काल उक्त मललाई खाली गराएको पनि बताइएको छ ।
सियाटल सहरबाट करिब १०५ किलोमिटर उत्तरमा सो मल भएको घटनामा परी कति घाइते भए भन्ने हालसम्म एकिन सङ्ख्या प्राप्त नभएको र घटनाको विस्तृत विवरण पनि प्राप्त नभएको समाचारमा उल्लेख छ ।
सुरक्षा निकायका अधिकारीद्वारा खिचिएको फोटोहरुबाट शङ्कास्प्रद व्यक्तिको अस्पष्ट तस्वीर स्थानीय टेलिभिजनहरुले देखाइरहेका छन् ।
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन