सान फ्रान्सिस्को (संयुक्त राज्य अमेरिका), ८ असोज । अमेरिकाको वासिङ्टन राज्यको सियाटल नगरमा अवस्थित एक मलमा शुक्रबार राति भएको गोलीकाण्डमा चार व्यक्तिको मृत्यु भएको छ ।
सियाटल नगरको बुर्लिङ्गटन क्षेत्रमा रहेको क्यास्केड मलमा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा खैरो कपडा लगाएका ल्याटिन अमेरिकी पुरुषले सो घटना गराएको समाचारमा जनाइएको छ ।
सो घटना भएको केही समयपछि नै प्रहरीले तत्काल उक्त मललाई खाली गराएको पनि बताइएको छ ।
सियाटल सहरबाट करिब १०५ किलोमिटर उत्तरमा सो मल भएको घटनामा परी कति घाइते भए भन्ने हालसम्म एकिन सङ्ख्या प्राप्त नभएको र घटनाको विस्तृत विवरण पनि प्राप्त नभएको समाचारमा उल्लेख छ ।
सुरक्षा निकायका अधिकारीद्वारा खिचिएको फोटोहरुबाट शङ्कास्प्रद व्यक्तिको अस्पष्ट तस्वीर स्थानीय टेलिभिजनहरुले देखाइरहेका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?