
न्युयोर्क, ८ असोज । संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियाले पूर्णता पाएकामा खुसी व्यक्त गर्दै शान्ति प्रक्रियासँग बाँकी रहेका विषयलाई समेत तत्काल पूर्णता दिएर अगाडि बढ्न नेपालका राजनीतिक दल र सरोकार भएका पक्ष सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्र सङ्घको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँगको भेटमा मुनले नेपाल समद्धिका दिशामा अगाडि बढोस् भन्ने आफ्नो सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुनाइदिन समेत आग्रह गर्नुभएको थियो । त्यस अवसरमा सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालले गर्न सक्ने काम तथा कारबाहीका बारेमा समेत उहाँले चासो राख्दै सफलताको शुभकामना दिनुभएको थियो ।
राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटमा महासचिव मुनले संविधान कार्यान्वयनका अवस्थाका बारेमा राखेको जिज्ञासामा परराष्ट्रमन्त्री डा महतले सबै दलको सहमतिमा संविधान कार्यान्वयन प्रक्रियाले गति लिएको र शान्ति सम्झौताका हस्ताक्षरकर्ता नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)लगायत दल मिलेर संयुक्त सरकार गठन गरिएको बताउनुभयो ।
सिङ्गापुरले नेपालमा लगानी बढाउने
परराष्ट्रमन्त्री डा महतसँग आज भएको भेटमा उहाँका सिङ्गापुरका समकक्षी विभिन बालकिसनले आफ्नो देशले नेपालमा लगानी बढाउन चाहेको र सहयोगका विविध आयामका बारेमा दुई देश मिलेर अगाडि बढ्ने बताउनुभयो ।
राष्ट्र सङ्घको ७१ औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री डा महत र बालकिसनबीच आपसी हित र द्विपक्षीय चासोका अन्य विषयमा पनि कुराकानी भयो ।
नेपालको आज सम्बोधन
महासभामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा महतले आज सम्बोधन गर्नुहुने कार्यक्रम छ । संविधान कार्यान्वयनका विषयमा प्रमुख राजनीतिक दल र मधेसकेन्द्रित दलबीचको वार्ता र संवादलाई अगाडि बढाउन समय दिनुपर्ने भएकाले प्रधानमन्त्री दाहालले अमेरिका भ्रमण स्थगन गर्नुभएको सन्दर्भमा नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा परराष्ट्रमन्त्री डा महतले महासभालाई आज सम्बोधन गर्नुहुने भएको हो ।
महासभालाई पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायतले सम्बोधन गरिसक्नुभएको छ । यस्तै उद्घाटनसत्रमा नै अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो महत्वपूर्ण सम्बोधन गरिसक्नुभएको छ ।
नेपालका तर्फबाट डा महतले जलवायु परिवर्तन, साना र अल्पविकसित राष्ट्रका समस्या, शरणार्थी एवम्् आप्रवासनको विषयका अतिरिक्त नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र त्यसको कार्यान्यवनको अवस्थाका बारेमा महासभामार्फत विश्वसमुदायलाई जानकारी गराउनुहुनेछ ।
राष्ट्रसङ्घका लागि नेपालको स्थायी आवासीय प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले नेपालका तर्फबाट आज सम्बोधन गर्ने कार्यसूची प्राप्त भएको जानकारी दिनुभयो ।
महासभामा यस पटक भारतका तर्फबाट राज्यमन्त्रीस्तरमा सहभागिता जनाइएको छ । महासभामा विशेष गरी सन् २०३० सम्म विश्व समुदाय दिगो विकासका पक्षका के कसरी अगाडि बढ्न सक्छन् भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
सो कार्यसूचीमा विश्व समुदायका तर्फबाट आफ्नो धारणा राख्ने क्रम जारी छ । यस्तै शरणार्थी तथा आप्रवासन, गरिबी, बेरोजगारी एवम् आतङ्कवादका विषयमा समेत छलफल केन्द्रित रहेको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक