जाकार्ता (इण्डोनेसिया), ७ असोज । इन्डोनेसियाको पश्चिमी क्षेत्रमा गत बुधवार बिहान आएको बाढी पहिरोमा परी हराइरहेका मध्ये अहिलेसम्म २७ जनाको शव भेटिएको छ ।
उद्धारकर्ताहरुले शुक्रबार दिएको जानकारी अनुसार सो बाढीपहिरोमा अझै २२ जना बेपत्ता रहेका छन् । हराएकाहरुको खोजीकार्य र पिडितहरुलाई सहयोग गर्न एउटा हेलिकोप्टर खटाइएको बताइएको छ ।
राष्ट्रिय विपद् निकायकाअनुसार बाढीपहिरोको कारण ९ सय ७१ ओटा घर भत्किएका छन् । यस प्राकृतिक प्रकोपमा परी अन्य ३२ जना घाइते भएका छन ।
सो प्रकोप प्रभावित क्षेत्रबाट विस्थापित भएका ४ सय ३३ जनालाई सरकारी भवन र सैनिक शिविरमा आश्रय दिइएको अधिकारीहरुले बताएका छन् ।
इन्डोनेसियामा हरेक बर्ष अविरल बर्षासँगसँगै बाढीपहिरोको समस्याबाट इन्डोनेसियाली पीडित हुने गरेको पाइन्छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए