
लमजुङ (बेसीसहर), ७ असोज । भूगोलविद् स्वर्गीय डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् ।
उनको जन्मस्थल लमजुङको ताङ्लीचोकका बासिन्दाले नेपालको पर्यटन, भौगोलिक विकासका संरचना तथा विभिन्न क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भूगोलविद् डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् ।
दश वर्षअघि ३०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाउनुभएका डा हर्क गुरुङको योगदानलाई सरकारले कदर गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।
स्वर्गीय डा गुरुङको १०औँ स्मृति दिवसको अवसरमा आज शुक्रबार उनको समाधिस्थल भुलभुले गाविस–५, ताङ्लीचोकमा स्थानीय बासिन्दाले श्रद्धाञ्जलि सभाको आयोजनासमेत गरेका छन् ।
उत्तरी लमजुङको बाहुनडाँडा गाविस–२, नाइँचेस्थित मामाघरमा १९९५ साल पुस २१ गते बाबु पारसै गुरुङ र माता मैँस्यो गुरुङको कोखबाट जन्मेका डा हर्क गुरुङको, विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कंदै गर्दा हेलिकप्टर दुर्घटनामा परी २०६३ असोज ७ गते निधन भएको थियो ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा