
लमजुङ (बेसीसहर), ७ असोज । भूगोलविद् स्वर्गीय डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् ।
उनको जन्मस्थल लमजुङको ताङ्लीचोकका बासिन्दाले नेपालको पर्यटन, भौगोलिक विकासका संरचना तथा विभिन्न क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भूगोलविद् डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् ।
दश वर्षअघि ३०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाउनुभएका डा हर्क गुरुङको योगदानलाई सरकारले कदर गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।
स्वर्गीय डा गुरुङको १०औँ स्मृति दिवसको अवसरमा आज शुक्रबार उनको समाधिस्थल भुलभुले गाविस–५, ताङ्लीचोकमा स्थानीय बासिन्दाले श्रद्धाञ्जलि सभाको आयोजनासमेत गरेका छन् ।
उत्तरी लमजुङको बाहुनडाँडा गाविस–२, नाइँचेस्थित मामाघरमा १९९५ साल पुस २१ गते बाबु पारसै गुरुङ र माता मैँस्यो गुरुङको कोखबाट जन्मेका डा हर्क गुरुङको, विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कंदै गर्दा हेलिकप्टर दुर्घटनामा परी २०६३ असोज ७ गते निधन भएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा