
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति निवास शीतल निवासमा बिहीबार प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा सम्बोधन गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता क्षेत्रले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा आज प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सञ्चारमाध्यमलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार एवम् उत्तरदायी बनाउनु पर्नेमा जोड दिनुभयो ।
समाजमा अत्यन्त जागरुक र राष्ट्रको समष्टिगत विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना सम्पे्रषण गर्ने अहम् दायित्व बोकेको पत्रकारिता क्षेत्र राज्यको चौथो अङ्गका रुपमा रहेको उल्लेख गर्दै उहाँले पत्रकारिता पेसालाई थप जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले पत्रकारिता पेसाका मूल्य तथा मान्यतालाई आत्मसात् गरी लोककल्याणकारी राज्यले अङ्गिकार गरेको सामाजिक न्यायमा आधारित समाजको स्थापनामा राज्यको चौथो अङ्गले मार्गदर्शक र नेतृत्वदायी भूमिका खेल्नसक्ने विश्वास व्यक्त गर्नुभयो । यो पेसालाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाई जनविश्वास बढाउने कार्यमा प्रेस काउन्सिल सधैँ सजग हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो ।
उहाँले सूचना तथा सञ्चार प्रविधिमा आएको अभूतपूर्व विकासका कारण यो क्षेत्रको दायरा अझ बढी व्यापक र संवेदनशील हुँदै गएको र सञ्चारमाध्यममा पनि प्रतिस्पर्धा बढेको चर्चा गर्दै यस्तो अवस्थामा नियमनकारी निकाय÷संस्थाको हैसियतमा काउन्सिलले यसैअनुरुप आफ्नो दक्षता पनि बढाउन आवश्यक रहेको औँल्याउनुभयो ।
“सञ्चारमाध्यममा भएको वृद्धिसँगै उत्पन्न हुने समस्याको यथोचित समाधान गर्दै नेपाली पत्रकारिता जगत्लाई अझ निष्पक्ष, दिगो, टिकाउ र प्रभावकारी बनाउन काउन्सिल अझ सजग भएर लाग्नुपर्ने चुनौती रहेको छ” – उहाँले भन्नुभयो ।
उहाँले २०६२÷६३ को जनआन्दोलन र देशमा आएको आमूल राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन तथा गत वर्ष नेपालको संविधान जारी गर्ने ऐतिहासिक तथा युगान्तकारी घटनामा नेपालको सञ्चार जगत्ले सशक्त अभियन्ताको भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।
राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्ने नेपालको संविधान जारी भएपछिको परिप्रेक्ष्यमा संवैधानिक प्रावधानको पालना र सम्पादनका अतिरिक्त राज्यको चौथो अङ्गको ध्यान देशलाई दु्रततर गतिमा अघि बढाउने कार्यमा सहयोगीको रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।
सञ्चार क्षेत्रले लोकतन्त्र, मौलिक हक, मानवअधिकार तथा देशका अल्पसङ्ख्यक, महिला, बालबालिका र विपन्न तथा उत्पीडित वर्गका हक र अधिकारको प्रभावशाली पहरेदारको काम गर्दै आएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।
सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता आलोचनात्मक हुनुपर्नेमा जोड दिँदै निडर भएर कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । “पत्रकारको तागत कलममा हुन्छ, सत्ता र शक्तिलाई हल्लाउनु पर्दछ” उहाँले भन्नुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई समावेशी बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा काउन्सिल अध्यक्ष वोर्णबहादुर कार्कीले आमसञ्चारमाध्यमको सङ्ख्यामा वृद्धि भए पनि गुणस्तरमा वृद्धि हुन नसकेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आमसञ्चारमाध्यमले विषयवस्तुमा केन्द्रित भएर समाचार लेख्नुपर्नेमा जोड दिनुभयो ।
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम