
काठमाडौँ, ५ असोज । नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र सर्वोच्च अदालतका विषयमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको भनी एक सञ्चारमाध्यममा आएको अभिव्यक्ति सत्य नभएको जनाएको छ ।
पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयको बैठकमा आयोग प्रमुख आयुक्त कार्की र सर्वोच्चका विषयमा पार्टी अध्यक्ष दाहालले दिएको अभिव्यक्ति भनिएर सञ्चारमाध्यममा छापिएको समाचार भ्रमपूर्ण भएको पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
सञ्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट भन्दै उहाँले छापिएको समाचारप्रति खण्डन गर्नुभयो । बैठकले केन्द्रीय सचिवालयको बैठक यही असोज ८ गते बस्ने तय गरेको प्रवक्ता भुसालले जानकारी दिनुभयो । रासस
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?