
काठमाडौँ, ५ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको आजदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । बैठकका लागि विभिन्न आठ कार्यसूची पनि पारित भएको छ ।
अध्यक्ष ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो । बैठक आरम्भ गर्दै अध्यक्ष ओलीले पार्टीको एकताबद्ध प्रयास र नेतृत्वका कारण मुलुकमा संविधान जारी भएकाले त्यसको कार्यान्वयनमा पार्टी सम्पूर्ण रुपमा परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।
“निर्वाचन नगरी संविधान कार्यान्वयन हुन सक्दैन भन्ने बुझेरै यसमा आलटाल गर्ने कोसिस गरिएको छ । त्यसका विरुद्धमा पार्टी दृढतापूर्वक उभिन्छ । राष्ट्र, राष्ट्रियता र अग्रगमनलाई कमजोर बनाउने गरी आउने कुनै पनि प्रस्ताव पार्टीका लागि सह्य छैन । उहाँको भनाइ थियो– राष्ट्रवादका पक्षमा उभिएको र कसैका सामु नझुकेका कारण हाम्रो सरकार ढालिएको हो । तर, प्रतिपक्षी भूमिकामा रहँदा समेत राष्ट्रप्रतिको हाम्रो भूमिकामा कुनै फरक पर्ने छैन । एकताबद्ध रुपमा पार्टीले सबै सङ्कटको सामना गर्नेछ र मुलुकको अगुवाइ गर्नेछ ।”
आजको बैठकले पारित गरेका केन्द्रीय कमिटीको बैठकका कार्यसूचीमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटीका सम्बन्धमा, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन, स्थायी समितिका निर्णयको अनुमोदन, केन्द्रीय आयोगका प्रतिवेदन छन् । अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश, केन्द्रीय विभाग र फाँट गरी केन्द्रीय कमिटी सदस्यका नौ वटा समूह बनाइएको छ । ती समूहले भोलि १ बजेसम्म छलफल गरी बैठकमा धारणा प्रस्तुत गर्नेछन् । अर्को बैठक बिहीबार दिउँसो १ बजे पुनःबस्नेछ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार