
काठमाडौँ, ५ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको आजदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । बैठकका लागि विभिन्न आठ कार्यसूची पनि पारित भएको छ ।
अध्यक्ष ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो । बैठक आरम्भ गर्दै अध्यक्ष ओलीले पार्टीको एकताबद्ध प्रयास र नेतृत्वका कारण मुलुकमा संविधान जारी भएकाले त्यसको कार्यान्वयनमा पार्टी सम्पूर्ण रुपमा परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।
“निर्वाचन नगरी संविधान कार्यान्वयन हुन सक्दैन भन्ने बुझेरै यसमा आलटाल गर्ने कोसिस गरिएको छ । त्यसका विरुद्धमा पार्टी दृढतापूर्वक उभिन्छ । राष्ट्र, राष्ट्रियता र अग्रगमनलाई कमजोर बनाउने गरी आउने कुनै पनि प्रस्ताव पार्टीका लागि सह्य छैन । उहाँको भनाइ थियो– राष्ट्रवादका पक्षमा उभिएको र कसैका सामु नझुकेका कारण हाम्रो सरकार ढालिएको हो । तर, प्रतिपक्षी भूमिकामा रहँदा समेत राष्ट्रप्रतिको हाम्रो भूमिकामा कुनै फरक पर्ने छैन । एकताबद्ध रुपमा पार्टीले सबै सङ्कटको सामना गर्नेछ र मुलुकको अगुवाइ गर्नेछ ।”
आजको बैठकले पारित गरेका केन्द्रीय कमिटीको बैठकका कार्यसूचीमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटीका सम्बन्धमा, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन, स्थायी समितिका निर्णयको अनुमोदन, केन्द्रीय आयोगका प्रतिवेदन छन् । अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश, केन्द्रीय विभाग र फाँट गरी केन्द्रीय कमिटी सदस्यका नौ वटा समूह बनाइएको छ । ती समूहले भोलि १ बजेसम्म छलफल गरी बैठकमा धारणा प्रस्तुत गर्नेछन् । अर्को बैठक बिहीबार दिउँसो १ बजे पुनःबस्नेछ ।
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता