काठमाडौँ, ५ असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच न्युयोर्कमा भेट भएको छ ।
परराष्ट्रमन्त्री डा महत संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा हाल संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ ।
संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको सम्मानमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार साँझ न्युयोर्कमा आयोजना गर्नुभएको स्वागत समारोहमा राष्ट्रपति ओबामासँग परराष्ट्रमन्त्री डा महतको भेट भएको हो ।
सोही समारोहमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अमेरिकी विदेशमन्त्री जोन केरीबीच सङ्क्षिप्त कुराकानी भएको छ ।
त्यस क्रममा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको न्युयोर्कबाट मन्त्री डा महतले जानकारी दिनुभयो । कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री केरीले आफू नेपाल जान इच्छुक रहेको र यसअघि पनि आफूले नेपाल जाने योजना बनाएकामा परिस्थितिबस स्थगित भएको जानकारी गराउनुभएको थियो ।
डा महत र मङ्गोलियाका विदेशमन्त्री अरगीलबीच भेट
परराष्ट्रमन्त्री डा महत र मङ्गोलियाका विदेशमन्त्री सेन्डमुन्ख अरगीलबीच भूपरिवेष्ठित राष्ट्रहरुबीच साझा धारणा बनाएर अन्तर्राष्ट्रिय फोरममा जाने विषयमा छलफल भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका नेपाली प्रतिनिधिमण्डलका नेता एवम् परराष्ट्रमन्त्री डा महतसँग आज भएको भेटवार्तामा विदेशमन्त्री अरगीलले भूपरिवेष्टित राष्ट्रको समस्याका बारेमा साझा धारणा लिएर जाने बताउनुभएको हो ।
विदेशमन्त्री अरगीलले नेपाल आउने इच्छासमेत व्यक्त गर्नुभएको र भूपरिवेष्ठित राष्ट्रहरुको समस्या समाधान गर्ने विषयमा आफू प्रतिबद्ध रहेको धारणा राख्नुभएको थियो ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम