काठमाडौँ, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहेको बताउनुभएको छ ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा उहाँले सबै दलको सहमतिबाट टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो– “नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सुरुवात गरियो । सेना समायोजन, हतियार व्यवस्थापनजस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले निष्कर्षमा पुरयायौँ । अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुरयाउन ढिलाइ गर्नु हुँदैन ।”
दण्डहीनतालाई प्रोत्साहन दिने नहुनेमा जोड दिँदै प्रधानमन्त्री दाहालले गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सङ्क्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पुनःनिर्माणको काम अघि बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।
शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएलगत्तै मुलुकमा शान्ति व्यवस्थापनका लागि पीडित पक्षलाई आर्थिक सहयोग तथा द्वन्द्व प्रभावितलाई पुनःस्थापनाको कार्य सञ्चालन गर्दै आएको बताउनुभयो ।
सोही मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले मन्त्रालयले अहिलेसम्म गरेका गतिविधिका बारे जानकारी गराउँदै मुलुकको दिगो विकास र समृद्धिका लागि शान्ति स्थापना गर्न खाँचो रहेको औँल्याउनुभयो ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र बेपत्ता पारिएको व्यक्तिको खोजबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले शान्ति प्रक्रियालाई सार्थक बनाउन द्वन्द्वपीडितलाई सामाजिक न्याय उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
यस वर्षको दिवसको नारा ‘दिगो शान्ति राष्ट्र विकासको आधार’ भन्ने रहेको छ । मन्त्रालयद्वारा पाँचथर, सिराह, सिन्धुपाल्चोक, गोर्खा, कैलाली, बाँके र सुर्खेतलाई स्थानीय शान्ति समिति सम्मान गरिएको थियो ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा