
बेलायती राजकुमार ह्यारीले गत चैत्रमा एक सातासम्म श्रमदान गरेको गोरखाको लापुगाविस ३ लापुबेसीस्थित प्रभातकिरण माविको भवन । भवन पुनर्निर्माणको सम्पूर्ण काम सम्पन्न नभएपनि यही भवनबाट पठनपाठन सुरु गरिएको छ । तस्वीर ः प्रभातकिरण मावि, रासस
गोरखा, ४ असोज । बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभातकिरण माध्यमिक विद्यालय पुनःनिर्माण हुँदाहुँदै पढाई सञ्चालन गरिएको छ ।
“पानी परेपछि टहरोमा पठनपाठन गर्न गाह्रो भो” प्रध्यानाध्यापक जीतबहादुर गुरुङले भन्नुभयो – “भवन पुनःनिर्माण भइनसकेपनि नियमित पठनपाठन सुरु गरेका छौँ ।”
ह्यारीले श्रमदान गरेको विद्यालय भवन पुनःनिर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको विद्यालयले जनाएको छ । “भवनमा रङ लगाउन बाँकी छ” – उहाँले भन्नुभयो ।
नेपालमा आफ्नो छदिने औपचारिक भ्रमण सकेपछि राजकुमार ह्यारीसहितको टोली स्कुल पुनःनिर्माणमा सघाउन भन्दै गत चैत १० गते लापुबेँसी पुग्नुभएको थियो । लापुबेँसीमा छ दिनको बसाइमा ह्यारीले डोकोमा ढुङ्गा र काठ बाकेर विद्यालय भवन पुनःनिर्माणमा सहयोग गर्नुभएको थियो ।
ह्यारीसहितको १८ जनाको टोलीले विद्यालयको १२ कोठे भवन पुनःनिर्माणमा श्रमदान गरेका हुन् । स्थानीय कामदारसँग मिलेर ह्यारीले वनबाट काठ बोक्ने, ढुङ्गा बोक्ने काम गर्दै भवन पुनःनिर्माणमा सहयोग गरेपछि स्थानीयवासी खुसी भएका थिए । बेलायती परोपकारी संस्था टिम रुविकन युकेले पुनःनिर्माण सुरु गरेको विद्यालय भवन पुनःनिर्माणमा सघाउन ह्यारी सडक मार्गबाट करिब चार घन्टा पैदल हिँडेर लापुबेँसी पुग्नुभएको थियो ।
भूकम्पपछि छिमेकी विद्यालयका भवन पुनःनिर्माणमा दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था ओइरिएका बेला विकासको दृष्टिले पछाडि परेको उक्त विद्यालयको टहरो पनि बनाउन सकिएको थिएन । त्यसैबेला टिम रुविकन युकेमार्फत एक टोली विद्यालय पुनःनिर्माणमा सघाउने भन्दै गाउँ पुगेको थियो । पछि सोही संस्थाले राजकुमार ह्यारीलाई विद्यालय पुनःनिर्माणमा श्रमदान गराउन गाउँ पुरयाएको हो । १९८ विद्यार्थी पठनपाठन गर्दै आएको विद्यालयमा तीनजना शिक्षकमात्रै सरकारी दरबन्दीका छन् । अन्य आठजना शिक्षकलाई निजी स्रोतबाट पारिश्रमिक दिनुपर्दा विद्यालय समस्यामा छ ।
विद्यालयको समस्या
राजकुमार ह्यारीले श्रमदान गरी पुनःनिर्माण गरिएको उक्त विद्यालयमा चर्चा भएजति भौतिक संरचना छैन । विद्यालय भवन पुनःनिर्माणको जिम्मा लिएको संस्थाले तीव्र गतिमा काम अघि बढाउन नसक्दा विद्यालयको पुनःनिर्माण सक्न अझै समय लाग्ने देखिन्छ । टिम रुविकन युकेले विद्यालयमा सौर्य बत्ती पनि जडान गरिदिएको छ ।
“विद्यालयमा खानेपानीको सुविधा छैन । टेबुल, कुर्सी, डेक्स, बेन्च छैन”, प्रअ गुरुङले गुनासो गर्नुभयो – “भूकम्पले विद्यालय भत्कँदा फर्निचर पुरियो । काम भएका पनि नलाग्ने छन् ।” हालै युके नामक संस्थाले रु दुई लाखमा पाँचकोठे शौचालय निर्माण गरेपछि विद्यार्थी तथा शिक्षकलाई सहज भएको छ ।
दश कक्षासम्म चलेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक कम हुँदा आन्तरिक स्रोतबाटै पारिश्रमिक दिनुपर्ने शिक्षक बढी भएकाले आफूले चिनेका राजधानीस्थित ट्रेकिङ कम्पनीबाट विद्यालय सञ्चालनमा सहयोग गरिदिन चन्दा माग्नुपरेको छ भन्दै प्रअ गुरुङले एक महिनाका लागि रु एक लाख खोज्नुपर्छ, दसैँ आइसक्यो तलब खुवाउन सकेको छैन भन्नुभयो ।
विद्यालयमा टाढाबाट पढ्न आउने विद्यार्थीका लागि छात्रावासको सुविधा थियो । भूकम्पपछि विद्यार्थी टेन्ट तथा त्रिपालले बनाइएको छात्रावासमा बसेका थिए । तर त्रिपाल टाँगिएको बारीमा खेती लगाएपछि अहिले स्थानीयवासीको घर घरमा विद्यार्थी बस्दै आएका छन् । “विद्यालयको तर्फबाट विभिन्न निकायमा विद्यार्थीलाई दाल, चामल सहयोग माग गरेको छु” – प्रअ गुरुङले बताउनुभयो ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
विचार : सहजताको मूल्य र गोपनीयता