
राजधानीको बौद्ध क्षेत्रमा रहेको बालसंसार स्कुलको ढोकामा मङ्गलबार बिहान शङ्कास्पद वस्तु भेटिएपछि बमको हल्लाले भयभीत भएका स्थानीयवासी र विद्यार्थी । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ४ असोज । विद्यालय क्षेत्रमा बम विस्फोट गराउने आतङ्ककारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।
निजी तथा आवासीय विद्यालय संगठन, काठमाडौँ जिल्लाले आज आयोजना गरेको कार्यक्रममा उच्च मावि सङ्घ (हिसान) निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवशीय विद्यालय संगठन (एनप्याब्सन)का अध्यक्ष तथा शिक्षकले घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।
हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्रमा यसरी बम आतङ्क हुनु दुःखद भएको बताउँदै सो घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतङ्कका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको जानकारी दिँदै शान्ति क्षेत्रका रुपमा रहेका विद्यालयमा यस्ता घटना घट्नु दुःखद भएको बताउनुभयो ।
एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घटेपछि शिक्षा मन्त्रालयको धारणा आउनुपर्ने विचार राख्दै कुनै दलको सङ्गठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा सरकार र अधिकारवादी मौन बस्नु दुर्भाग्य भएको बताउनुभयो ।
कार्यक्रममा प्याब्सनका महासचिव डिके ढुङ्गानाले आजको घटनाको सम्बन्धमा शिक्षा मन्त्रालय र गृहमन्त्रालयसमक्ष कुरा राखेर दोषीलाई कारबाही गर्न माग गरिने जानकारी दिनुभयो ।
शिक्षक भवानीप्रसाद पौडेल, शिक्षिका रीता राईलगायतले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको बताउनुभयो ।
नेपाली काँग्रेसले राजधानीका विभिन्न स्थानका विद्यालय परिसरमा शङ्कास्पद वस्तु भेटिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेका पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा शान्ति, विकास र समृद्धिका वाहक मानिएका बालबालिकाले भयरहित वातावरणमा शिक्षा आर्जन गर्न पाउने नैसर्गिक अधिकारमाथि यस्ता घटनाले प्रहार भएको जनाइएको छ ।
आज बिहान आकासदीप र मनकामना उच्च मावि परिसरमा प्रेसरकुकर बम र राई विद्यालय, इस्टपोल र रेडियन्ट विद्यालयमा शङ्कास्पद वस्तु भेटिएका थिए ।
शान्ति क्षेत्रका रुपमा रहेका विद्यालयमा भएको सो घटनाको नेकाले घोर निन्दा र भत्र्सना गर्दछ, विज्ञप्तिमा भनिएको छ ।
साथै, नेकाले बालबालिका, शिक्षक, अभिभावकलगायत समाजका भय, त्रास र डरको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसित माग गरेको छ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो