
प्रधानमन्त्रीद्वारा आतङ्कवादी आक्रमणको निन्दा
काठमाडौँ, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ ।
उक्त आक्रमणमा परी १७ भारतीय सैनिकको मृत्यु भएको थियो । प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज सन्देश पठाउँदै आक्रमणका दोषीलाई चाँडोभन्दा चाँडो कानुनको कठघरामा उभ्याउनुपर्ने बताउनुभएको छ ।
आतङ्कवादका सबै रुप र प्रकटीकरणको नेपाल दृढ अडानका साथ निन्दा गर्छ भन्दै सन्देशमा प्रधानमन्त्री दाहालले त्यसको सबैले डटेर मुकाविला गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीमार्फत दिवङ्गत सेनाका परिवारजनमा समवेदना एवम् सहानुभूति प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक