काठमाडौँ, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ ।
उक्त आक्रमणमा परी १७ भारतीय सैनिकको मृत्यु भएको थियो । प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज सन्देश पठाउँदै आक्रमणका दोषीलाई चाँडोभन्दा चाँडो कानुनको कठघरामा उभ्याउनुपर्ने बताउनुभएको छ ।
आतङ्कवादका सबै रुप र प्रकटीकरणको नेपाल दृढ अडानका साथ निन्दा गर्छ भन्दै सन्देशमा प्रधानमन्त्री दाहालले त्यसको सबैले डटेर मुकाविला गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीमार्फत दिवङ्गत सेनाका परिवारजनमा समवेदना एवम् सहानुभूति प्रकट गर्नुभएको छ ।
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट