काठमाडौँ, ३ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार संविधान कार्यान्वयन पक्षमा अगाडि नबढेको आरोप लगाउनुभएको छ ।
एमाले काठमाडौँले प्रथम संविधान दिवसका अवसरमा यहाँ आज आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले सरकार अरुको आवश्यकताका लागि बढी दत्तचित्त भएर लागेको र संविधान कार्यान्वयनमा रुचि नदेखाएको बताउनुभयो । उहाँले अहिले संविधान कार्यान्वयन जरुरी देखिएको उल्लेख गर्दै सरकारले कार्यान्वयनभन्दा पनि संशोधनमा जोड दिएको जिकिर गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले संसारमा सबैलाई मान्य हुने खालको संविधान कहीँ नभएको उल्लेख गर्दै संविधान नेपालीको आवश्यकता अनुसार संशोधन हुन सक्ने बताउनुभयो ।
“नेपाली जनता र नेपाललाई समृद्धि बनाउनका लागि कुनै धारा संशोधन गर्न सकिन्छ”–उहाँले भन्नुभयो, “तर विदेशीलाई चाहिएको भनेर संशोधन हुँदैन ।” उहाँले लोकतान्त्रिक विधिबाट संविधान बनेको उल्लेख गर्दै संविधानले कसैकाविरुद्ध कसैलाई विभेद नगरेको धारणा राख्नुभयो । उहाँले सहमतिका साथ अगाडि बढ्न एमाले तयार रहेको र राष्ट्रहितलाई केन्द्रबिन्दु राखेर मात्र सहमति हुनेसक्नेमा जोड दिनुभयो । नेता ओलीले सरकारले अन्य देशमा गएर विदेशी नीतिबारे सम्झौता गरे पनि नेपालले कायम राखेको स्वतन्त्रता र परराष्ट्र नीतिमा तलमाथि हुन नदिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान जारी भइसकेपछि पूर्ण रहेको उल्लेख गर्दै संसारमा नेपालको जस्तो जनतालाई अधिकार दिएको संविधान कहीँ नभएको जिकिर गर्नुभयो । एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले भारतीय शासकको उत्साहटमा मधेसकेन्द्रित केही दल लागेको आरोप लगाउनुभयो । संविधानमा व्यवस्था गरिएका कुरा कार्यान्वयन भए त्यसले मधेस मात्र होइन नेपाली जनतामा कायापलट ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
कमिटीका अध्यक्ष कृष्ण राईको सभापतित्वमा सम्पन्न भएको सभामा एमाले प्रदेश नं ३ का सहइन्चार्ज काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य सावित्रा भुसाल, काठमाडौँ क्षेत्र नं ८ का अध्यक्ष राजेश शाक्य लगायतले संविधान कार्यान्वयन गर्नमा जोड दिनुभएको थियो ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम